arrow

पेट्रोलियम पदार्थ सस्तियो 

logo
प्रकाशित २०७४ असार १८ आइतबार
petroleum-storage.jpeg

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य घटेपछि प्रत्यक्ष रुपमा नेपालको पेट्रोलियम पदार्थको मूल्य घटेको निगमले जनाएको छ । नेपालमा कारोबार गर्दै आएको इण्डियन आयल कार्पोरेसन (आइओसी)ले नेपालमा पनि सबै जसो इन्धनको मुल्य घटाएर पठाएकाले नेपाल आयल निगमले पनि इन्धनको मुल्य घटाएको हो ।

नेपाल आयल निगमका प्रवक्ता सीताराम पोखरेलले भारतबाट मुल्य घटेर आएकाले नेपाली बजारमा पनि आइतबार राती देखि नै लागु हुने गरेर सबै जसो इन्धनको मुल्य घटेको बताए । उनका अनुसार आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर  दुई ÷दुई रुपैयाँका दरले मुल्य घटाएको छ । यो सँगै अब पेट्रोलको मुल्य प्रतिलिटर ९८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मुल्य प्रतिलिटर ७४ रुपैयाँ पुगेको छ । त्यस्तै खाना पकाउने एलपी ग्याँसको मुल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले घटेको छ । अब खाना पकाउने ग्याँसको मुल्य १ हजार ३ सय २५ रुपैयाँ प्रतिसिलिण्डरका दरले कारोबार हुने भएको छ।

यस अघि सय रुपैयाँ प्रतिलिटरका दरले पेट्रोलको र ७६ रुपैयाँ प्रतिलिटरका दरले डिजल तथा मट्टितेलको कारोबार हुँदै आएको थियो । त्यस्तै खाना पकाउने ग्याँसको मुल्य पनि यस अघि १ हजार ३ सय ५० रुपैयाँ प्रतिसिलिण्डरका रदले कारोबार हुँदै आएको थियो ।

त्यस्तै निगमले आइतबार राती देखि नै लागु हुने गरेर हवाई इन्धनको मुल्य पनि प्रतिलिटर ४ रुपैयाँका दरले घटाएको छ । यस अघि ८६ रुपैयाँ प्रतिलिटरका दरले कारोबार हुँदै आएको हवाई इन्धनको मुल्य आइतबार राती देखि ८२ रुपैयाँ प्रतिलिटरका दरले कारोबार हुने नेपाल आयल निगमले जानकारी दिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ