arrow

एनसेलले ल्यायो ‘म्याजिक भ्वाइस’ सेवा

logo
प्रकाशित २०७४ असार १९ सोमबार
ncell-hq.jpg.jpeg

काठमाडौं। एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एक नयाँ रोचक भ्यालु एडेड सर्भिसको मजा लिन सक्नेछन्। एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि ‘म्याजिक भ्वाइस’ सेवा ल्याएको छ, जस अन्र्तगत एनसेलका सबै ग्राहकले आफ्ना साथीभाई तथा परिवारसँग आफ्नो मोबाइलमा कुरा गर्दा आफ्नो आवाज र ब्याकग्राउण्ड साउण्ड परिवर्तन गरी मोबाइलमा कुरा गर्न सक्नेछन्।
 
यो सेवा सुचारु गरे लगतै एनसेलका ग्राहकले आफ्नो आवाज परिवर्तन गरि कार्टुन क्यारेक्टर, महिला अथवा अन्य कुनै क्यारेक्टरको जस्तो आवाजमा कुरा गर्न सक्नेछन् । यसका साथ(साथै ग्राहकले कुरा गर्दा ट्राफिक जाम, एयरपोर्ट, फुटबल स्टेडिएम, बर्थडे टोन लगायतका विभिन्न ब्याकग्राउण्ड साउण्ड आफ्नो मोबाइलमा राख्न पनि सक्नेछन् । यो सेवा आईभिआरमा आधारित सेवा भएकोले कुनै पनि मोबाइल सेट प्रयोग गर्नुहुने एनसेल प्रयोगकर्ताले यो सेवा सजिलै प्रयोग गर्न सक्नेछन् ।
 
म्याजिक भ्वाइस सेवा सोमबार (असार १९) बाट लागु भएको छ । एनसेलका ग्राहकले दैनिक वा  साप्ताहिक रुपमा यो सेवा एक पटक अथवा स्वतः नविकरण हुने गरी सुचारु गर्न सक्नेछन् । एनसेलका ग्राहकले कर सहित मात्र रु २ मा दैनिक म्याजिक भ्वाइस सेवा सुचारु गर्न सक्नेछन् भने साप्ताहिक रुपमा यो सेवा सुचारु गर्न कर सहित मात्र रु १० लाग्नेछ ।
 
मनोरञ्जनले भरिपुर्ण यो सेवा सुचारु गर्न चाहने ग्राहकले एस्ट्रिक्स१७१३५ह्यास डायल गरी अथवा १७१३५ डायल गरि यो सेवा निःशुल्क सुचारु गर्न सक्नेछन् । ग्राहकले एसएमएस मार्फत पनि यो सेवा सुचारु गर्न सक्नेछन् । दैनिक सेवा सुचारु गर्नका लागि अङ्ग्रेजी ठूलो अक्षरमा ‘एमभि१’ र स्वतः नविकरण हुने दैनिक सेवाको लागि अङग्रेजी ठूलो अक्षरमा ‘एमभि’ लेखि १७१३५ मा एसएमएस पठाउनु पर्नेछ । त्यस्तै स्वतः नविकरण हुने साप्ताहिक सेवाको लागि अङग्रेजी ठूलो अक्षरमा ‘७एमभि’ र साप्ताहिक सेवा सुचारु गर्नका लागि अङ्ग्रेजी ठूलो अक्षरमा ‘७एमभि१’ टाइप गरी १७१३५ मा एसएमएस पठाउनु पर्नेछ ।
 
सेवा सुचारु गरेपछि एनसेलका ग्राहकले १७१३५ डायल गरि आफुले कुरा गर्न खोजेको नम्बर डायल गरी निर्देशन अनुसार १, २ वा ३ प्रेस गरी कुनै पनि आवाज छान्न सक्नेछन् भने ४, ५, ६ वा ७ प्रेस गरी आफुले चाहेको ब्याकग्राउण्ड साउण्ड छनोट गरी सेवाको मजा लिन सक्नेछन् । यो सेवा अन्तर्गतको म्याजिक भ्वाइस तथा ब्याकग्राउण्ड साउण्डमा कुरा गरीरहेको बेलामा डायल प्याडबाट ‘०’ पे्रस गरी प्रयोगकर्ताहरु आफ्नै आवाजमा फर्कन सक्छन् ।
 
म्याजिक भ्वाइसबाट कुरा गर्दा भ्वाइस सेवा अन्तर्गतको विद्यमान् शुल्क लाग्ने छ । ‘‘यो रोचक सेवा ग्राहकमाझ ल्याउन पाउँदा हामी निकै हर्षित छौ । हामीलाई विश्वास छ यसले ग्राहकलाई थप मुल्य प्रदान गर्ने छ र सेवा प्रयोगको अनुभव अभिवृद्घिमा योगदान गर्नेछ। साथै यो सेवामा हामी मासिक रुपमा थप विभिन्न क्यारेक्टरहरुको आवाज र ब्याकग्राउण्ड साउण्डहरु थप्दै लग्ने छौ,’’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने।

यो सेवा सुचारु गर्नुहुने ग्राहकले सेवा निष्कृय गर्न  अङ्ग्रेजीमा ‘युएनएसयुबि एमभि’ (सुरुको यु र एमभि ठूलो अक्षरमा) लेखि १७१३५ मा एसएमएस पठाउन सक्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ