arrow

सिंचाई कुलो मर्मत भएपछि गाउँमा सिंचाई सँगै बिजुली झलमल्ल

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७४ असार २० मंगलबार
rukum-irrgation.jpg

रुकुम। रुकुमको बाँफिकोट गाउँपालिका वडा नं. ६ मा रहेको दहखोला सिंचाई कुलो मर्मत भएपछि गाउँमा सिंचाईका साथै विद्युत सेवा पनि सञ्चालन भएको छ। २०४४ सालमा निर्माण भएको सिंचाई कुलो मर्मत नहुँदा स्थानीयलाई निकै समस्या भएको थियो। ठाउँ ठाउँमा पानी चुहिने समस्या झेलीरहेका स्थानीयहरुलाई मर्मत भएपछि सहज भएको बताएको छ। 

जिल्ला समन्वय समिति रुकुम अन्तरगत नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको आर्थिक सहयोगमा पानी चुहीने ठाउँमा कुलो मर्मत गरिएको थियो। कुलो मर्मत गरिएपछि अहिले निकै सजिलो भएको स्थानीयको भनाई छ। “पहिले मुहान बाट लगाएको पानी गाउँसम्म नपुग्दा खेतवारीमा सिंचाई गर्न पनि आलो पालो गर्नुपर्ने बाध्यता थियो–स्थानीय रत्नबहादुर खत्रीले भने, अहिले कुलो मर्मत भएपछि त निकै सजिलो भएको छ गाउँमा बिजुली पनि झलमल्ल भएको छ।”

सिंचाई कुलो मर्मतको लागि अहिलेसम्म नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले रु २५ लाख सहयोग गरेको कार्यक्रमका जिल्ला संयोजक भक्त भण्डारीले बताए। यसका साथै यस सिंचाई कुलो मर्मतको लागि स्थानीय र अन्य विभिन्न निकायले पनि सहयोग गरेको स्थानीय धनबहादुर कुसारीले जानकारी दिए।

सिंचाई कुलो मर्मत भएसँग अहिले त्यस गाउँमा विद्युत पनि उत्पादन गरिएको छ। दहखोला सिंचाई कुलोको प्रयोग गरेर त्यहाँ स्थानीयले २१ किलोवाट क्षमताको विद्युत उत्पादन गरेका छन्। विद्युत उत्पादन भएपछि साविकको मग्मा गाविस वडा नं. १ र २ का कबिर २ सय घरपरिवारको घरमा बिजुले बलेको विद्युत निर्माण उपभोक्ता समितिका अध्यक्ष हरिबहादुर खत्रीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ