arrow

आठ विद्यार्थीलाइ पढाउदैं दुइ शिक्षक

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
images.jpg.jpeg
बेनी । म्याग्दीको भकिम्ली–७ मरेक गाउँमा रहेको नवज्योति प्राविमा आठ विद्यार्थीलाइ  दुइ शिक्षकले पढाउदैं आएका छन् । विद्यार्थीको अभाव संगै तीनकोठे विद्यालय भवनको एउटा कोठा मात्रै प्रयोगमा आएको छ । 
 
जम्मा २९ घरधुरी रहेको गाउँका अधिकांशले आफ्ना छोराछोरीलाई सदरमुकाम बेनीमा लैजान थालेपछि विद्यार्थी सङ्ख्या घटेको विद्यालयका प्राचार्य दिलबहादुर थापाले बताए । विसं २०४१ मा स्थापना भएको विद्यालयमा १ देखि ३ कक्षासम्म पढाइ हुने गरेको छ । तीनवटै कक्षाका विद्यार्थी एउटै कक्षाकोठामा बसेर पढ्ने गरेका प्राचार्य थापाले जानकारी दिए । “दुई दिनअगाडि मात्रै दुई विद्यार्थी थपिएपछि आठजना पुगेका हुन्”, थापाले भने । दुई शिक्षकको दरबन्दी रहे पनि कार्यरत दुबै शिक्षक अस्थायी हुन् । 
 
विद्यार्थी सङ्ख्या न्यून भएपछि जिल्ला शिक्षा कार्यालयले विद्यालयलाई सेवाक्षेत्रकै विद्यालयमा गाभ्ने प्रस्ताव गरे पनि मुसुङडोले निमाविमा दुई घन्टा र छिमेकी गाविस बरन्जामा पुग्न डेढ घन्टा लाग्ने भएकाले समस्या भएको जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति दुर्गाराम सुवेदीले बताए । जिल्लामा अन्य सामुदायिक विद्यालयमा समेत विद्यार्थीको सङ्ख्या घट्दो अवस्थामा रहेको छ । अङ्ग्रेजी पुस्तकालयसहितको सुविधा भएका केही सामुदायिक विद्यालयमा भने निजी विद्यालयबाट समेत विद्यार्थी आउने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ