arrow

बागलुङकी थापाले दिइन् तीन रोपनी जग्गा मन्दिरलाई दान

logo
प्रकाशित २०७४ असार २५ आइतबार
Baglung_Kalika_Bhagawati.jpg

बागलुङ । बागलुङ नगरपालिका–२ की रुपा थापाले बागलुङ कालिका भगवती मन्दिरलाई तीन रोपनी जग्गा दान गरेकी छन् । थापाले पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित पाँच लाख ३१ हजार मूल्य पर्ने उक्त जग्गा मन्दिरलाई दिएकी हुन् ।

थापाले आइतबार मन्दिरको गुठी समितिलाई जग्गाको लालपुर्जा हस्तान्तरण गरिन् । अंशबापत पाएको जग्गा मन्दिरको नाममा दानस्वरुप अर्पण गरेको थापाले बताइन् ।

“पुण्यका लागि आफूसँग भएको जग्गा मन्दिरलाई चढाएँ”, थापाले भनिन्  । मन्दिरले उक्त जग्गालाई आयआर्जनमा लगाउने गुठीका अध्यक्ष राजु खड्काले बताए । मन्दिरको नाममा जग्गा चढाउने थापालाई गुठीले आइतबार सम्मानसमेत गरेको छ । बागलुङका प्रजिअ ऋषिराम तिवारीले थापालाई सम्मान–पत्र प्रदान गरेका थिए ।

थापाले दिएको जग्गाको बजार मूल्य करिब १० लाख पर्ने जनाइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ