काठमाडौं । दिल्लीमा उपचार गराइरहेका सद्भावना अध्यक्ष राजेन्द्र महतो डिस्चार्ज हुँदै छन् । महतोको स्वास्थ्य सामान्य बन्दै गएकाले बुधवार वा विहिबार डिस्चार्ज हुँदै छन् । म सम्पर्क गर्दै छु । अर्कै काममा व्यस्त भएकाले मैले आज सोध्न पाको छैन । चिकित्सकले आज अर्थात् भोली डिस्चार्ज गर्ने भनेका थिए ।
राजेन्द्रका भतिजा उपेन्द्र महतोले हाम्राकुरा संग भने,‘सबै रिपोर्ट आइसकेको छ ।’ उपचारमा खटिएको सात चिकित्सकिय टोलीले महतोको स्वास्थ्यवस्थाबारे पूर्ण विवरण दिइसकेका छन् ।
उच्च रक्तचाप, ब्लड सुगर नियन्त्रण भई सुधारका क्रममा रहेको, सिटी स्क्यान र एमआरआईको रिपोर्टमा गम्भीर समस्या नभएको, भिटामिन बी–१२ को कमीले अझै अवस्था कमजोर रहेको विवरण उपेन्द्रले आफ्नो फेसबुक अकाउन्टमा उल्लेख गरेका छन् । चिकित्सकहरुका अनुसार महतोले केही दिन विश्राम गर्ने र धेरै चल्ने फुर्ने गतिविधि गर्ने छैनन् । अस्पतालबाट डिस्चार्ज भएपछि महतो केही दिन आराम गर्ने छन् । महतो विराटनगरको जोगवनी नाकामा धर्नाका क्रममा भएको झडपमा घाइते भएपनि थलिएका हुन् । विराटनगर र धरानमा उच्च रक्तचाप र सुगर नियन्त्रण नभएपछि उनी गएको शुक्रबार मात्रै दिल्ली गएका थिए ।