सबैभन्दा महंगा स्ट्राइकर रामेलु लुकाकुको म्यानचेष्टर युनाइटेडमा पहिलो अभ्यास
प्रकाशित २०७४ असार २७ मंगलबार
277
Shares
क्यालिफोर्निया । इंगलिश फुटबल क्लव एभर्टनबाट म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका रामेलु लुकाकुले पहिलो पटक नयाँ क्लवका खेलाडीहरुसंग अभ्यास गरेका छन् ।
म्यानचेस्टर युनाइटेडले लुकाकुका लागि एभर्टनलाई ७५ मिलियन पाउण्ड दिने सहमति गरेपछि लुकाकु म्यानचेष्टर युनाइटेडमा अनुबन्धन भएका हुन् ।
विश्वकै सबैभन्दा महंगो सरुवामा खेलाडी बनेका बेल्जियमका २४ वर्षे लुकाकुले अमेरिकाको क्यालिफोर्नियामा सोमबार अभ्यास गरेका हुन् ।
म्यानचेष्टरका खेलाडसमेत उत्साही भएको सो ट्रान्सफरबाट उनको प्रदर्शन भने हेर्न बाँकी छ ।
प्रिमियर लिग सुरु हुनुअघि म्यानचेष्टर युनाइटेडले अमेरिकाका विभिन्न क्लवसंग मैत्रिपूर्ण खेल खेल्नेछ ।
जुलाइ १६ मा लस एन्जलस ग्यालेक्सीसंग, जुलाइ १८ मा जुलाइ साल्ट लेकसंग, जुलाइ २१ तारिखमा इंगलिश क्लव म्यानचेष्टर सिटीसंग, २३ तारिखमा स्पेनिश क्लव रियाल मड्रिडसंग तथा २७ तारिखमा बार्सिलोनासंग मैत्रिपूर्ण खेल खेल्नेछ ।