मलेसियाको रोजगारीमा सिन्डिकेट गर्न खोज्नेहरु नै वैदेशिक रोजगार व्यवसायी संघका उमेद्वार !
प्रकाशित २०७४ असार २८ बुधबार
490
Shares
काठमाडौं। नेपाली कामदारका लागि सबैभन्दा प्रमुख गन्तब्य बनेको मलेसियाको रोजगारी महङगो बनाउने चलखेल शुरु भएको छ। यसमा केहि नेपाली व्यवसायीहरुले कमाउ अभियान सञ्चालन गर्न सिण्डिकेट शुरु गर्ने भएपछि मलेसियामा रोजगारमा जानेहरु पिडित हुने भएका हुन्। सिन्डिकेटलाई अन्तिम रुपमा दिन केहि नेपाली व्यवसायीहरु धात धोएर लागिपरेका छन्।
वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनको मुखैमा यो कुराको खुलासा भएको हो। अझ आश्चर्यको कुरा त संघको नयाँ नेत्तृत्व लिन तम्सिएका उम्मेदवारहरुनै यो सिन्डिकेटमा लागिपरेको खुलासा भएको हो। मलेसियाको रोजगार व्यवसायमा सिण्डिकेट शुरु गर्ने अभियानलाई केहि उमेद्वारहरुले थप तीब्र बनाएका हुन् ।
मलेसियाको फरेन वर्कस सेन्ट्रलाइज म्यानेजमेन्ट सिष्टम (एफडब्लुसिएमएस) को एक दस्तावेजका अनुसार नेपालका १२ वटा मेनपावर कमपनीले मात्र काम मलेसियाको रोजगारका लागि काम गर्न पाउने गरि अधिकार दिने तयारी शुरु भएको छ।
ति १२ कम्पनीहरुमा देवान कन्सल्टेन्ट प्रालि, माइलस्टोन इम्प्लोइमेन्ट सर्भिस प्रालि, डिपी डाइनामिक पोजिसन प्रालि, निड इम्प्लोइमेन्ट सर्भिस प्रालि, इन्टरनेसनल मेनपावर रिक्रुटमेन्ट प्रालि, सेफल्याण्ड ओभरसिज प्रालि, एएनएस एसोसियटस प्रालि, डि प्रोटोन मेनपावर सप्लार्यस प्रालि, ट्रस्ट नेपाल ओभरसिज प्रालि, इन्टरलिंक ओभरसिज कन्सल्टटेन्सी प्रालि, युनाइटेट इन्टरनेसनल प्रालि र वल्र्डवाइज मेनपावर प्रालि रहेका छन् ।
यि मध्ये देवान कन्सल्टेन्ट प्रालि रोहन गुरुङ समुहका प्रचार संयोजक रघु पुरी हो भने डिपी डाइनामिक पोजिसन प्रालि नेपाल प्रगतिशिल वैदेशिक रोजगार मञ्चका अध्यक्ष तथा संघका महासचिवका उमेद्वार नरेश गेलालको कम्पनी हो। युनाइटेट इन्टरनेसनल प्रालि रोहन गुरुङ समुहबाट संघमा तृतिय उपाध्यक्षका उमेद्वार शुक्र पाख्रिनको कम्पनी हो।
आगामी असार ३० मा हुने संघको निर्वाचनमा नेत्तृत्व लिन तयार वर्तमान अध्यक्ष बिमल ढकाल र महासचिव रोहन गुरुङका दुबै प्यानलको मुख्य एजेण्डा नै व्यवसायमा रहेको सिण्डिकेट हटाउने छ । तर गुरुङ समुहका जिम्मेवार पदाधिकारीहका उमेद्वार नै सिन्डिकेटको पक्षमा देखिएपछि व्यवसायीहरु उनीहरुसँग आक्रोशित भएका छन्।
केही समयपहिले मलेसियाको रोजगारीमा भिएलएन, बायोमेट्रिकजस्ता विषय भएपनि पछिल्लो समय भने मलेसियाको रोजगारीमा रहेको सिण्डिकेटको विषय नै प्रमुख मुद्धा भएको छ।
मलेसियाको रोजगारीमा सिण्डिकेटका लागि पहिले अन्य व्यवसायीहरु सक्रिय रहेकोमा अहिले केही पुराना र केही नयाँ मेनपावर व्यवसायीहरुको साँठगाँठबाट बंगलादेशी नागरिक अमिन भन्ने व्यक्तिसँग सहकार्य गरी मलेसियाको वैदेशिक रोजगार व्यवसायमा सिन्डिकेट लगाई एकलौटी व्यवसाय गर्ने प्रपञ्च रचेका हुन् ।
सिन्डिकेटको पक्षमा अधिकांश प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका नेताहरु र केही बैदेशिक रोजगार लोकतान्त्रिक फोरमका साधारण सदस्यहरु व्यवसायीसमेत रहेको छन् ।
यि मेनपावर सञ्चालकहरुले नेपाल सरकारका सम्बन्धित सबै निकायका उच्चपदस्थ व्यक्तिहरु, नेपालस्थित मलेशियन दूतावास, मलेसियास्थित नेपाली दूतावास, मलेशियाको सम्बन्धित सरकारी निकायहरुलाई नेपालका व्यवसायी, अमिन र मलेशियाका केही पूर्वमन्त्री तथा दातोहरुसँगको मिलेमतोमा आर्थिक चलखेल गराई एफडब्लुसिएमएसका सञ्चालक अमिनले सिण्डिकेटका लागि मेनपावर छनौट गरेको बताइएको छ ।
अहिले छनौट भएका १२ मेनपावरको सूची नेपालस्थित मलेशियन राजदूताबासमार्फत नेपाल सरकारलाई लागू गर्नका लागि पठाउने अन्तिम गृहकार्य भइरहेको छ । तर यस बिषयमा श्रम मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी संघले यसमा कसरी हस्तक्षेप गर्छ हेर्न बाँकी रहेको छ।