चुन ढुङ्ग्गा रोकिन्छ, ढोरपाटन खोलिन्छ : सन्धिखर्क नगर प्रमुख भुसाल
प्रकाशित २०७४ असार २९ बिहिबार
790
Shares
अर्घाखाँची। सन्धिखर्क नगरपालिकाका नवनिर्वाचित प्रमुख कमलप्रसाद भुसालले जिल्लामा सर्वाधिक बिबादमा रहेको नरपानी चुनढुङ्ग्गा खानि नखोलिने तर ढोरपाटन सडक खोलिने बतायका छन्। रिपोर्टर्स क्लब नेपाल अर्घाखाँचीद्वारा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख भुसालले नगरका सबै समस्या अब हाल हुने बतायका हुन्। बिगत केहि वर्ष देखि बिबादास्पद हुदै आइरहेको नरपानी स्थित चुनढुङ्ग्गा खानीलाई कुनै पनी हालतमा सञ्चालन गर्न नदिने उनले बताए।
२०६७ सालमा कांग्रेसको पार्टी सभापती हुदाँ पनी आफुले जनताको भावना विपरितको काम भएकोले चुनढुंगा खोल्न नदिएको बताए। तर चुत्राबेशी बजार नजिकै पुगेर बिबादमा रहेको ढोरपाटन सडक भने अगाडि बढाइने उनले बताए।
भुसालले प्रसिद्ध सुपादेउराली मन्दिर सुपादेउरालमीमा आएका दर्शालु भक्तजनहरुलाई घुमाउनका लागी केबलकार अनिवार्य रहेको बताए। सुपादेउराली भन्दा नजिकै नरपानी देखि खाँचीकोट भगवती मन्दिर, झिल्केडाडाँ, अर्घा भगवती मन्दिर हुदै मसुरपाटा सम्म केबुलकार जोड्ने बताएका छन्। केबुलकार जडान भएसँगै धेरै बेरोजगार युवाहरुले रोजगार पाउने उनले जनाएका छन्।
घोषणापत्रमा भने जस्तै मथुराधाममा गाई फार्म बनाउने त्यहाँबाट उत्पादन घिउँ, पनिर, दही, छुर्पी जिल्ला तथा बाहिर जिल्लामा पठाउने गरी कार्य गर्ने समेत प्रमुख भुसालले उल्लेख गरे। भ्रस्टाचार र अनिमियताताको अन्त्य गर्न आफ्नो टिमको बिसेष पहल रहनेमा समेत भुसालले जोड दिए।
सन्धिखर्क नगरपालीका नवनिवार्चित उपप्रमुख ठाकुर कुमार विकले कृर्षि उत्पादन हुने क्षेत्रमा माटो परिक्षण गरेर माटो सुवाउदो अनुसार कृर्षी खेतीमा लगानी गर्ने बताए। कागती जातका बिरुवा, नगदेबाली, तरकारी खेतीमा बढी जोड दिईने बताए। त्यसै गरि उनले आफुले पायको जिम्मेबारी पुरा गर्न अन्तिम सास रहुन्जेल सम्म काम गर्ने समेत बताए। कार्यक्रममा मन्तब्य राख्दै ओड नम्बर ८ का अध्यक्ष इश्वरी प्रसाद भुसालले जनभावना केन्द्रित योजनाहरु लाइ प्राथामिकता दिनु पर्नेमा जोड दिय।
क्लबको तर्फ बाट अध्यक्ष रामकुमार क्षेत्रीले प्रमुख, उपप्रमुख, ओडा अध्यक्षहरु र सदस्यहरुलाई टिका तथा खादा लगायर सम्मान गर्दै निर्वाचनको संमयमा जनता संग्ग गरेको प्रतिबद्दतालाइ प्राथमिकताका साथ् पालना गर्न आग्रह गरेका थिए।