व्यवसायीको दबाब थेग्न सकेन सरकारले, स्थगित गर्यो 'क्लीन फीड सिस्टम’
प्रकाशित २०७४ असार ३० शुक्रबार
404
Shares
काठमाडौं । व्यवसायीहरुको विरोधकाबीच जारी गरेको नेपालमा प्रशारण गरिने विदेशी टेलिभिजन च्यानलमा विज्ञापन रहित नीतिबाट सरकार पछि हटेको छ । बिहीबार मात्रै गोरखापत्रमा सूचना प्रकाशित गरेर साउन १ गतेदेखि लागू हुनेगरी सो नीति लागू गरिने भनिएको भएपनि शुक्रबार राती मन्त्रालयले विज्ञप्ती जारी गरी यो नीति हालका लागि स्थगित गरिएको जनाएको छ ।
मन्त्रालयले कतिपय कार्यहरु सम्पादन गर्न बाँकी रहेको बताउँदै तत्कालका लागि यो व्यवस्था स्थगित गरिएको जनाएको छ । सरकारले ‘क्लीन फीड सिस्टम’ (विदेशी विज्ञापन हटाउने ब्यवस्था) लागू गरे साउनको सुरूवातबाटै केबल टिभी र डीटीएच सञ्चालकहरुले नेपालमा प्रशारण हुने सबै टेलिभिजन बन्द गर्ने घोषणा व्यवसायीहरुले यस अघि नै गरिसकेकका थिए । व्यवसायीहरुले यस्तो व्यस्था नेपालको संविधान तथा राष्ट्रिय प्रसारण ऐन, २०४९ को विपरित रहेको भन्दै सो निर्णय फिर्ता लिन दबाब दिँदै आएका थिए ।
असार २५ गते नेपाल केवल टेलिभिजन महासंघ, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र डिस होम नेपालले संयुक्त विज्ञप्ति जारी गरेर फिर्ता लिन भनेका थिए । तर गोरखापत्रमा प्रकाशित गरेको दुई दिन पनि नवित्दै सरकारले निर्णय फिर्ता लिएको हो ।