arrow

सहकारी आर्थिक विकासको मेरुदण्डः प्रधानमन्त्री देउवा

logo
प्रकाशित २०७४ असार ३१ शनिबार
deuba-ganeshmanko-batoma.jpeg

ललितपुर। प्रधानमन्त्री शेरबहादुर देउवाले सहकारी आर्थिक विकासको मेरुदण्ड भएको धारणा राखेकाछन्। राष्ट्रिय सहकारी विकास बोर्डको नवनिर्मित आधुनिक भवनको यहाँ आज उद्घाटन गर्दै उनले ‘जहाँ अवसर त्यहाँ चुनौती’ भएजस्तै सहकारीको मर्यादित विकास आजको आवश्यकता रहेको औँल्याए।

प्रधानमन्त्री देउवाले सहकारी क्षेत्रको विकासमा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको योगदानको चर्चा गर्दै उनको प्रधानमन्त्रीत्वकालमा विसं २०१६ मा पहिलो सहकारी ऐन आएको बताए। १६ करोड ६६ लाख ५४ हजारको लागतमा बनेको उक्त भवन सात तले रहेको छ र एक रोपनी क्षेत्रफलमा छ।

टेलिभिजन तथा रेडियो स्टेशन, तालीम तथा सभाहलसहित अत्याधुनिक सो भवनलाई सहकारीकर्मीले गौरवका रुपमा लिएका छन्। कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालको संविधानले सहकारी क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको बताए।

नेपालको पहिलो सहकारी संस्था चितवनको बहानसिंह सहकारी संस्थाको स्थापना विसं २०१३ चैत २० गते भएको हो। सहकारी विभागका अनुसार विसं २०७३ असार मसान्तसम्म ३३ हजार ५९९ सहकारी दर्ता भएका छन्। उक्त सहकारीमा रु ६० लाख ३० हजार ८५७ सदस्य आबद्ध छन्।

कार्यक्रममा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी, पूर्वमन्त्री बालकृष्ण खाँण, राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडाल, राष्ट्रिय सहकारी बोर्डका पूर्वअध्यक्ष दीपकप्रकाश बास्कोटालगायतले नेपालमा सहकारीको भूमिका र विकासका बारेमा धारणा राखेका थिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ