arrow

ललितपुरमा १.५ इन्चको पीच अनिवार्य, एक वर्षसम्म बाटो भत्किए ठेकेदारकै पैसाले बनाईने

logo
प्रकाशित २०७४ साउन १ आइतबार
pich-road.jpg

काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरक्षेत्र भित्र बन्ने सडकमा १.५ इन्चको पीच अनिवार्य हुनुपर्ने प्रावधान राखेको छ । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शनिबार आयोजना गरिएको पहिलो नगरसभालाई सम्बोधन गर्दै ठेकेदारसँग सम्झौता गर्दा नै यस्तो सम्झौता गर्ने नीति महानगरपालिकाले अवलम्बन गर्ने बताएका हुन् । 

कमसल खालको पीच गर्दा एक महिनाभित्र नै भत्किने र खाल्डाखुल्डी हुने समस्या आएपछि महानगरपालिकाले यस्तो नीति अवलम्बन गरेको हो । अब ठेकेदारले एक वर्षसम्म पूरा भुक्तानी पनि नपाउने भएका छन् । सडक निर्माण गरेको एक वर्ष भित्र नै खाल्डा खुल्डी हुने र पीच उप्किन थाल्यो भने ठेकेदारले पाउने पैसाबाट नै सडकको ममर्तत गरिने उनले बताए । 

यसैवीच नगरको घनावस्ती तथा ऐतिहासिक पर्यटकीय स्थलहरुमा पीच गर्न र ढलान विच्छ्याउन प्रतिबन्ध लगाईएको छ । त्यस्ता बस्तीहरुमा आवश्यकता अनुसार जतिसक्यो छिटो ईट्टा, ढुंगा र ब्लकहरु छाप्ने कार्यलाई निरन्तरता दिईने पनि प्रमुख महर्जनले जानकारी दिए । 

त्यस्तै, सडक विस्तार गर्ने सम्बन्धमा खानेपानी ढल तथा विद्युतको पोल स्थापित भईसकेको सडकलाई स्तरोन्नती एवं निर्माणमा प्राथमिकता दिईने र गुणस्तर नियन्त्रण गर्न कालोपत्रे गर्ने कार्यको ल्याव टेस्ट प्रतिवेदन अनिवार्य रुपमा पेश गर्ने व्यवस्थालाई निरन्तरता दिईने पनि प्रमुख महर्जनले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ