arrow

सन्धिखर्क मेयरको दावी, ‘चन्द्रागिरी भन्दा राम्रो केवुलकार जडान हुन्छ’

logo
प्रकाशित २०७४ साउन १ आइतबार
sandhikharka-mayor.jpg

अर्घाखाँची। दोस्रो चरणको स्थानिय तह निवार्चनमा नव निवार्चित अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कका मेयर कमलप्रसाद भुसालले काठमाडौंको चन्द्रागिरीमा भन्दा राम्रो केबुलकार जडान गर्ने बताएका छन।

प्रसिद्ध सुपादेउराली मन्दिर सुपादेउरालमीमा आएका दर्शालु भक्तजनहरुलाई घुमाउनका लागी केबलकार अनिवार्य रहेको बताए। सुपादेउराली भन्दा नजिकै नरपानी देखि खाँचीकोट भगवती मन्दिर, झिल्केडाडाँ, अर्घा भगवती मन्दिर हुदै मसुरपाटा सम्म केबुलकार जोड्ने बताए। केबुलकार जडान भएसँगै धेरै बेरोजगार युवाहरुले रोजगार पाउने बताए।

घोषणापत्रमा भएजस्तै मथुराधाममा गाई फार्म बनाउने त्यहाँबाट उत्पादन घिउँ, पनिर, दही, छुर्पी जिल्ला तथा बाहिर जिल्लामा पठाउने गरी कार्य गर्ने बताए। रिपोर्टस क्लब नेपाल अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको साक्षात्कारमा भुसालले जिल्लाको नरपानीमा रहेको चुनढुंगा खानीलाई कुनै पनी हालतमा सञ्चालन गर्न नदिने बताए, २०६७ सालमा कांग्रेसको पार्टी सभापती हुदाँ पनी आफुले जनताको भावना विपरितको काम भएकोले कुनै पनी हालतमा चुनढुंगा खोल्न नदिने बताए।

अर्को विवादको विषय सालझण्डी, सन्धिखर्क, धोरपाटन सड्क खण्डको विवाद जनतालाई असर नपर्ने गरी फलाई ओभर प्रणाली मार्फत बाटोको निकास निकाल्ने बताए। सन्धिखर्क नगरपालीकाका सवै वडाहरुमा कृर्षी कार्यालय, स्वास्थ्य कार्यालयको स्थापना गरी जनतालाई सहज रुपमा सेवा दिने बताए। सवै वडा अध्यक्ष तथा सदस्यलाई भुसालले एक रुपैयाँको पनी लोभलालच नगरी भष्ट्रचार नगरी जनताको काम गर्न निर्देशन गरे। उनले निश्वार्थ रुपमा जनतालाई मुस्कान सहितको सेवा सहज रुपमा दिन आग्रह गरे। सन्धिखर्क नगरपालिकामा सहजरुपमा नक्सा पास उपलव्ध गराईदिने बताए।

सन्धिखर्क नगरपालीका नवनिवार्चित उपमेयर ठाकुर कुमार विकले कृर्षि उत्पादन हुने क्षेत्रमा माटो परिक्षण गरेर माटो सुवाउदो अनुसार कृर्षी खेतीमा लगानी गर्ने बताए। कागती जातका बिरुवा, नगदेबाली, तरकारी खेतीमा बढी जोड दिईने बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ