आईफा अवार्ड २०१७ : उत्कृष्ठ चलचित्र ‘नीरजा’, शाहिद र आलिया उत्कृष्ठ अभिनेता- अभिनेत्री
प्रकाशित २०७४ साउन १ आइतबार
232
Shares
एजेन्सी । बलिउडको चर्चित अवार्ड समारोह मध्येको एक आईफा २०१७ न्यूयोर्कको मेटलाइफ स्टेडियममा सम्पन्न भएको छ ।अवार्ड समारोहको सुरुवात अभिनेत्री आलिया भट्टको स्वागत नृत्यबाट गरिएको थियो।
आईफा २०१७ मा सोनम कपूर स्टारर चलचित्र ‘नीरजा’ ले उत्कृष्ठ चलचित्रको अवार्ड पायो ।साथै ‘उडता पंजाब’ बाट शाहिद कपूरले उत्कृष्ठ अभिनेता र आलिया भट्टले उत्कृष्ठ अभिनेत्रीको अवार्ड पाए ।
अभिनेत्री दिशा पाटनीलाई चलचित्र 'एमएस धोनी: द अनटोल्ड स्टोरी' बाट बेस्ट फिमेल डेब्यू एक्ट्रेसको अवार्ड प्रदान गरियो ।त्यस्तै तापसी पन्नूले वुमेन अफ द ईयरको अवार्ड पाइन् ।
आलिया भट्टले स्टाइल आइकनको अवार्ड पाइन् । 'उड़ता पंजाब' को लागि कनिना कपूरले बेस्ट फीमेल प्लेबैक सिंगरको अवार्ड र 'एयरलिफ्ट' को लागि तुलसी कुमारले बेस्ट मेल प्लेबैक सिंगरको अवार्ड पाए ।
वरुण धवनले चलचित्र 'ढिशूम' बाट बेस्ट कमिक एक्टरको अवार्ड पाए। जिम सरभले चलचित्र 'नीरजा' को लागि बेस्ट एक्टर इन निगेटिव रोलको अवार्ड पाए।
करण जौहरको निर्देशनमा बनेको चलचित्र ‘ऐ दिल है मुश्किल' बाट प्रीतमले बेस्ट म्यूजिक डायरेक्टर, अमिताभ भट्टाचार्यले ‘चन्ना मेरेया’ बोलको गीतका लागि बेस्ट लीरिक्स र अमित मिश्राले ‘बुलेया’ बोलको गीतको लागि बेस्ट प्लेबैक सिंगरको अवार्ड पाए।
चलचित्र 'एमएस धोनी: द अनटोल्ड स्टोरी' बाट अनुपम खेरले बेस्ट सपोर्टिंग एक्टरको अवार्ड पाए भने संगीतकार एआर रहमानलाई बलिउडमा 25 बर्षको योगदानका लागि विशेष पुरस्कारबाट सम्मानित गरियो।