arrow

काठमाडौं महानगरपालिकाले चुनावबाट छान्यो न्यायिक समिति सदस्य, ललितपुरमा सर्वसम्मत

logo
प्रकाशित २०७४ साउन २ सोमबार
kathmandu_lalitpur.JPG

काठमाडौं । श्रावण १ गते राष्ट्रिय सभा गृहमा सम्पन्न काठमाडौं महानगरपालिकाको न्यायिक समितिको निर्वाचनमा ववी परियार र सरोज ढकाल निर्वाचित भएका छन् । नगर सभा सदस्य १ सय ६२ जना मतदाता रहेको निर्वाचनबाट वडा नं। १६ वडा दलित सदस्य, ववी परियारले ९८ र वडा नं ३१ का वडा सदस्य सरोज ढकालले ९५ मत प्राप्त गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । उनीहरु दुबै जना गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकोतर्फबाट वडा सदस्यमा विजयी भएका थिए । 

निर्वाचनमा ३ मत बदर भएको थियो र उनीहरुले वडा नं ११ की महिला सदस्य आशा श्रेष्ठ रौनियार र वडा नं १९ का वडा सदस्य चन्द्रमान डंगोललाई पराजीत गराएका थिए । उनीहरु स्थानीय निर्वाचनबाट नेपाली कांग्रेसकोतर्फबाट विजयी प्रतिनिधि हुन् ।

त्यस्तै, ललितपुर महानगरपालिकाको न्यायिक समितिमा पनि दुई सदस्यहरुमा एमालेका वडा सदस्यहरु सर्वसम्मत चयन गरेका छन् । प्रमुख चिरिबाबु महर्जनले एमाले र माओवादीका सदस्यहरुलाई एकएक वटा सदस्य भाग लगाएर मिलाउन प्रस्ताव गरेको भएपनि एमालेका प्रतिनिधिहरुले सो प्रस्तावमा सहमति नजनाएपछि असार ३१ गतेको नगरसभामा नै एमालेका प्रतिनिधिहरुले पठाएको प्रतिनिधिहरुलाई नै न्यायिक समितिको सदस्य चयन गरिएको थियो । ललितपुरको नगरसभामा पनि एमालेको बहुमत रहेको छ । न्यायिक समितिका सदस्यहरुमा ज्ञान भक्त ड‌ंगोल र सरिता महर्जन चयन भएका छन् ।

उपप्रमुखको संयोजकत्वमा गठन हुने समितिमा दुबै महानगरपालिकाको संयोजक भने काँग्रेसको पोल्टामा गएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ