arrow

बाग्मतीका पेट्रोल व्यवसायी आन्दोलित,पेट्रोल ल्याउन बन्द

logo
प्रकाशित २०७४ साउन ३ मंगलबार
petrol.jpg.jpeg

काठमाडौं । सरकारले आफुहरुको माग पुरा नगरेको भन्दै बाग्मती पेट्रोलियम डिलर्स एशोसिएशनले मंगलबारदेखि पेट्रोलिय पदार्थको खरिद विक्रि रोकेका छन् । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले सिंकेज लस र वर्किङ लसको कारण व्यवसायीले व्यहोर्दै आएको मागलाई सम्बोधन नगरेपछि व्यवसायी आन्दोलमा उत्रिएका हुन् ।

निगमले सिंकेज लस र वर्किङ लसको अध्ययन अनुगमन गरी छानविन टोलिले झण्डै एक वर्ष लगाएर तयार पारेको प्रतिवेदनलाई कार्यान्वयन नगरी छानविन समिति नै भङ्ग गरेर अर्को समिति गठन गरेपछि व्यवसायीले विरोध गरेका छन् ।
उनीहरुले तीन दिन भित्र माग पूरा नभए सबै पेट्रोलियम पदार्थको खरिद विक्री रोक्ने चेतावनी समेत दिएका छन् ।

पेट्रोलियम पदार्थको कारोवार गर्दा पेट्रोल र डिलेजमा धेरै घाटा भएको कारण व्यवसाय नै बन्द गरेर हड्ताल गर्नु परेको व्यवसायीको गुनासो छ । सरकारी निकायहरुको रोहवरमा पटक–पटक गरिएको परीक्षणमा प्रति ४ हजार लिटर ल्याउँदा पेट्रोल ९९ र डिजेल ४८ लिटरसम्म अपुग रहेको देखिएको वास्तविकता नस्वीकारेर  फेरि समिति गठन गर्नुले आफुहरुको मागप्रति सरकार कत्ति पनि गम्भीर नभएको व्यवसायीको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ