arrow

पुनःनिर्माण प्राधिकरणका कार्यकारीमाथि विकास समितिको केरकार

छिटो पुनःनिर्माण गर्न निर्देशन

logo
प्रकाशित २०७४ साउन ३ मंगलबार
dr-govinda-raj-pokhrel_news.jpg

काठमाडौं । व्यवस्थापिका–संसदको विकास समितिले भूकम्पपछिको पुनःनिर्माणमा लक्ष्यअनुरुप काम नभएको भन्दै छिटो पुनःनिर्माण गर्न निर्देशन दिएको छ ।

समितिको मंगलबार बसेको बैठकले पुरातात्विक महत्वका बस्तीहरु पुरानै शैलीमा बनाउन कार्यविधि तयार गर्न समेत भनेको छ । भूकम्पपछि पुनःनिर्माणमा अहिलेसम्म भएको कार्यप्रगतिबारे जानकारी लिन डाकिएको बैठकमा समिति सभापति रविन्द्र अधिकारीले पुनःनिर्माणको काम निकै सुस्ताएको टिप्पणी गर्दै प्राधिकरणका कार्यकारीलाई केरकार गरे ।

समितिले यसबारे राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, अर्थ मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सहरी विकास मन्त्रालयलगायत निकायका पदाधिकारीसँग जानकारी समेत लिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले क्षति पुगेका सम्पदाको संख्या सात सय ५० मध्ये पूर्णक्षति भएका एक सय ३३ र आशिंक क्षति भएका छ सय १७ रहेको जानकारी दिएको छ ।

प्राधिकरणले पुनःनिर्माण सम्पन्न भएका सम्पदाको संख्या २८ रहेको र एक सय ९१ सम्पदाको पुनःनिर्माणको काम भइरहेको जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.गोविन्द पोखरेलले स्रोत र साधन उपलब्ध भएमा पुनःनिर्माणको काम निर्धारित मयमै सकिने बताएका छन् ।

पोखरेलले ४१ हजारभन्दा बढी युवायुवतीलाई तालिम दिइसकेकाले उनीहरु तोकिएका बस्तीमा कामका लागि खटिसकेको सुनाए ।  यस्तै, समिति सदस्यहरुले गरिब र विपन्न वर्गलाई दिने क्षतिपूर्ति रकम बढाउन सरकारको ध्यानाकर्षण गराए ।
समिति सदस्यहरुले जोखिमयुक्त बस्तीलाई अन्यत्रै सारी पीडितका लागि व्यवस्थित बस्ती बसाल्नुपर्नेमा समेत जोड दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ