arrow

अर्थमन्त्री कार्कीका १० प्राथमिकता : लगानी भित्र्याउनेदेखि कर चुहावट नियन्त्रणसम्म

logo
प्रकाशित २०७४ साउन ३ मंगलबार
arthamantri_ministry_of_finance.jpg

काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्र कुमार कार्कीले चालू आर्थिक वर्षको लागि आफ्ना मूलभूत प्राथमिकताका कामहरु सार्वजनिक गरेका छन् । मंगलबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री कार्कीले राजश्व संकलनको सम्भावनाहरुको पूर्ण उपयोग गरी राजश्व संकलन गर्ने र यसका लागि उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोगले दिएको सुझावहरुको कार्यान्वयन गरिने बताएका छन् । 

आफू अर्थमन्त्रालयबाट सम्पादित हुने काममा सफा पारदर्शी, सुदृढ र सक्षम राजश्व प्रशासन मार्फत् अर्थमन्त्रालयका कामकारबाहीहरु निर्देशित हुने बताएका छन् । चालू आर्थिक वर्षको लागि घोषित नीति तथा कार्यक्रम बमोजिम राजश्व संकलनका लागि समयसीमा र जिम्मेवारी यकीन गरी राजश्व संकलनको कार्ययोजना तयार पारिएको बताउँदै अर्थमन्त्री कार्कीले अघिल्लो आर्थिक वर्षमा हाँसिल भएको ६.९ प्रतिशतको आर्थिक बृद्धिको जगमा यस वर्ष ७.२ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य हाँसिल गर्न आफूले विभिन्न विषयहरुलाई प्राथमिकतामा राखेको बताएका छन् । 

अर्थमन्त्री कार्कीले प्राथमिकतामा राखेका १० बुँदे कामहरुलाई तल बुँदागत रुपमा उल्लेख गरिएको छ । 
१ करको दायरामा विस्तार 
२ कर परिपालनको लागि स्तर अभिवृद्धि
३ राजश्व प्रशासनमा प्रविधि उन्मुखसेवाको विकास र विस्तार
४ चुहावट नियन्त्रणमा कठोर कदमको अवलम्बन
५ तोकिएको आर्थिक बृद्धिको लागि आवश्यक प्रस्तावित लगानीको बन्दोबस्ती
६ निजी क्षेत्रको लगानीमा सुधार
७ स्थानीय तहमा प्रदान गरिएको अनुदानको उपयोग
८ करदाताको आर्थिक क्रियाकलाप सम्बन्धी एकीकृत सूचना प्रणालीको विकास
९ भन्सार मूल्यांकन प्रणालीमा सुधार
१० सूचनामा आधारित अनुसन्धान



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ