arrow

सरकारी कागज किर्ते प्रकरणमा दुई सरकारी निकायबीच टसल, यातायात कार्यालयको गल्ती भएको स्वीकार 

logo
ईश्वर दत्त बडू 
प्रकाशित २०७४ साउन ४ बुधबार
kanchanpur_district_map.png

कञ्चनपुर । सरकारी कागजात किर्ते गरी अवैध रुपमा सवारी साधनको कारोबार गर्ने गिरोह पक्राउ परेपछि कञ्चनपुरका दुई सरकारी निकायबीच टसल सुरु भएको छ । 

जिल्ला  प्रहरी कार्यालय  र यातायात कार्यालय बिच एक अर्कालाई आरोप प्रत्यारोप लगाउने कार्यले तीब्रता पाउँदै गएको छ । 

सरकारी कागजात किर्ते गरि सवारी साधन दर्ता गराएर अवैध कारोबार गर्ने गिरोहका गोकुलप्रसाद श्रेष्ठ र हिमाल जाशी पक्राउ परेपछि कञ्चनपुर प्रहरीले यातायातका कर्मचारीको संलग्नता हुनसक्ने  आशंका गरको थियो । सोही  घटनामा आफ्नो बचाउ गर्दै यातायात कार्यालय कञ्चनपुरले प्रहरीको कुराको खण्डन गरेको छ । 

यातायात व्यवस्था कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख हेमन्तबहादुर सिहले श्रेष्ठले आफूले श्रेष्ठ पक्राउ गर्न प्रहरीलाई निवेदन दिएको जिकिर गरेका छन् । 

असार १९ गते नै श्रेष्ठलाई कार्बाहीका लागि प्रहरीमा निवेदन दिएको निमित्त प्रमुख सिंहको भनाइ छ । उनले प्रहरीले सत्यतथ्य घटना लुकाउन खोजेको आरोप लगाएका छन् । श्रेष्ठले यातायात कार्यालयबाट गल्ती भएको भने स्वीकारेका छन् । 

यातायात र भन्सार कार्यालयका कर्मचारीको मिलोमतोमा सवारी साधन दर्ता गराएर बिक्री वितरण गरेको प्रहरीले आरोप लगाएको छ । सरकारी निकायका कर्मचारीकै मिलोमतोमा अवैध काम भएको सर्वसाधारणको आँकलन छ । 

विगतमासमेत यातायात कार्यालयले घुस लिने गरेकाले यातायात कार्यालयको मिलोमतो हुनसक्ने सर्वसाधारणको आशंका छ । विगतमा  यातायात कार्यालयका कर्मचारीलाई घुस लिंदै गरेको अवस्थामा पक्राउ गरेकाले यातायातको संलग्नता रहन सक्ने आशंका बढेको भीनपा १८ का एक स्थानीयले बताए । 

स्थानीयले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कार्बाही गर्न माग गरेका छन् । 

घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय कञ्चनपुरमा उजुरी परेको छ । उजुरीबारे छानबिन भईरहेको अख्तियारको कार्यालयले जनाएको छ । कञ्चनपुर प्रहरीले भने घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ