भवन निर्माणमा काठमाडौंको पहिचान झल्काउनुहोस् : प्रधानमन्त्री
प्रकाशित २०७४ साउन ४ बुधबार
405
Shares
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको मौलिक पहिचान झल्किने गरी संरचनाहरु निर्माण हुनेगरी नीति ल्याउन निर्देशन दिएका छन् ।
बुधबार प्रधानमन्त्री कार्यालयमा भेट्न आएका काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीलाईदे प्रधानमन्त्रीले देउवाले काठमाडौंको प्राचिन संरचना र संस्कृतिलाई बचाउनेगरी संरचना तयार गर्न निर्देशन गरेका हुन् । ‘काठमाडौंको परिचान भनेकै यहाँको पुरानौ भौतिक संरचना हो, यसलाई बचाउनेगरी महानगरले पनि नीति बनाएर लागु गरौ’ प्रधानमन्त्रीले भने, ‘यहाँको कला, संस्कृति र मौलिक पहिचान सहितको भौतिक संरचनालाई बचाउनु पर्छ, त्यहीनै हामीले विदेशी पर्यटकलाई देखाउने हो ।’
प्रधानमन्त्री देउवाले भुकम्पले भत्काए संरचनाको कुनै पनि डिजाई नफेरि जस्ताकै तस्तै बनाउन पनि महानगरका मेयर र उपमेयरलाई आग्रह गरे। ‘भुकम्पले भत्काएका संरचना पनि पहिला जस्तो थियो त्यस्तै बनाउनुहोस्’ प्रधानमन्त्रीले भने, ‘काठमाडौंलाई हामी विशिष्ठ पहिचान बोकेको शहरकै रुपमा विकास गर्नुपर्छ ।’
महानगरका मेयर शाक्यले भने काठमाडौंको सडक, विद्युत र खानेपानी लगायतका विषयमा समन्वयकारी भुमिका आफुहरुलाई दिनुपर्ने बताएका थिए । त्यस विषयमा छलफल गर्न सकिने धारणा प्रधानमन्त्री देउवाको थियो ।