arrow

ललितपुर महानगरले तत्काल १२ प्रतिशत घरबहाल कर नउठाउने 

logo
प्रकाशित २०७४ साउन ४ बुधबार
lalitpur_mahanagarpalika_hamrakura11.jpg

काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरक्षेत्र भित्रका करदाताहरुसँग तत्काल १२ प्रतिशत बहालकर नउठाउने भएको छ । स्थानीय तहको संविधान प्रदत्त अधिकार भएपनि महानगरबासीलाई महानगर र राजश्व विभागले समेत कर उठाउँदा दोहोरो कर लाग्नसक्ने भएकोले अर्थमन्त्रालयसँग समन्वय गरेर मात्रै कर उठाउने भएको हो । 

ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले यस विषयमा छलफल भएर नै अर्थमन्त्रालयसँग समन्वय गरेर मात्रै कर उठाउनको लागि अहिले तत्काल १२ प्रतिशत कर नउठाउने तयारी भईरहेको बताईन् । उनले संविधानले आफूहरुलाई बहालकर उठाउने अधिकार दिएको भएपनि अहिले तत्कालै कर उठाउन खोज्दा स्थानीयबासीलाई समस्या पर्ने भएकोले अहिले कर नउठाउने र बरु पछि उठेको कर महानगरको खातामा पठाईदिन आन्तरिक राजश्वलाई पत्र लेख्ने उपप्रमुख सत्यालले जानकारी दिए । 

ललितपुर महानगरपालिकाले बहालकर बापत यस अघि उठाउँदै आएको २ प्रतिशत भने उठाउने भएको छ । अब संविधानले दिएको अधिकार अनुसार बहालकर उठाउन स्थानीय तहलाई दिने कि नदिने भन्ने विषयमा केन्द्र सरकार र स्थानीय सरकारबीच बिबाद चुलिएको छ । अर्थमन्त्रालयले अहिले उठाईँदै आएको कर बहाल कर नभई आयकर रहेकोले यो केन्द्रले उठाउन पाउने व्यवस्था रहेको दाबी गर्दै आएको छ भने स्थानीय तहले बहालकर शीर्षकमा रकम उठाउँदै आएकोले यो स्थानीय तहले पाउनुपर्ने बताउँदै आएको छ । 

अहिले काठमाडौं महानगरपालिकाले १२ प्रतिशत कर उठाउन थालिसकेको छ । उसले संविधानले दिएको अधिकार अनुसार आफूले यस अघि उठाउँदै आएको २ प्रतिशत र आन्तरिक राजश्व विभागले उठाउने गरेको १० प्रतिशत गरी कूल १२ प्रतिशत कर उठाउने गरेको बताएको छ । यही विषयमा अहिदे केन्द्र र स्थानीय सरकारबीच द्वन्द्व सुरु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ