ग्रीसमा शक्तिशाली भूकम्प, कम्तीमा दुई जनाको मृत्यु, सयौं घाइते
प्रकाशित २०७४ साउन ६ शुक्रबार
1.2k
Shares
काठमाडौं । ग्रीसमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।
ग्रीस र टर्कीको तटीय क्षेत्र नजिक केन्द्रविन्दु भएर ६.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा अझै बढीको मृत्यु हुन सक्ने उद्धारमा संलग्न अधिकारले जनाएका छन् ।
उक्त क्षेत्रमा सानो खालको सुनामीसमेत आएको बीबीसीले जनाएको छ । सुनामीका कारण मानिसहरु तैरिएका थिए ।