arrow

पाँच सयको नक्कली नोटसहित एक व्यक्ति पक्राउ

logo
प्रकाशित २०७४ साउन ६ शुक्रबार
500_RS_PLUMED_CRWN.jpg

राजविराज। पाँचसयको नकली नोटसहित राजविराज– १० निवासी मुकेश यादव पक्राउ परेका छन् । राजविराजबाट टेम्पु चढेर तिलाठीस्थित भारतीय बजार कुनौली पुगेपछि चालकलाई भाडा दिनका लागि स्थानीय एक पसलमा पैसा साट्न लाग्दा नोट नक्कली भएको थाहा भएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए ।

निज यादवलाई राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान थालिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ