अमेरिकी राष्ट्रपति ट्रम्पले कड्किंदै भने –मसँग माफी दिने पूर्ण अधिकार छ
प्रकाशित २०७४ साउन ८ आइतबार
435
Shares
ह्वाइट हाउस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पदीय हैसियत प्रयोग गरी माफी दिने पूर्ण अधिकार आफूसँग रहेको बताएका छन् ।
चुनावी अभियानका क्रममा रुससँग साँठगाँठ गरेको प्रमाणित भए उनले आफ्ना परिवारका सदस्य, सहयोगी र स्वयं आफूलाई माफी दिने तयारी गरेको विवरणहरु आएपछि ट्रम्पको पछिल्लो भनाइ आएको हो ।
विपक्षी डेमोक्र्याटिक पार्टीका एक जना प्रवक्ताले पछिल्ला विवरण ‘अति निराशाजनक’ रहेको प्रतिक्रिया दिएका छन्।
अमेरिकी अधिकारीहरुले ट्रम्प समूह र रुसबीचको सम्भावित साँठगाँठबारे अनुसन्धान गरिरहेका छन् ।