- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । दोस्रो चरणको चुनाव लगतै गगन थापाका साथ इजरायल पुगेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिश्वप्रकाश शर्मा इजरायलबाट फर्किए लगतै मधेश पसेका छन् ।
उनको टोलि आइतबार कुनै राजनीति कार्यक्रम, भेला आमसभालाई सम्बोधन गर्न भने मधेस गएको होइन । गत साल झापाको मेचीनगरमा सम्पन्न भएको प्रथम राष्ट्रिय स्वास्थ महोत्सवको टिम, एक दर्जन चिकित्सक र करिब ६ लाख रुपैयाँको औषधि लिएर उनि सप्तरीको बाढिपिडित क्षेत्रमा गएका हुन् ।
शर्मा सहितको टोलीले आईतबार बिहान ७ बजे देखी स्वास्थ शिविर संचालन गरेको छ । बाढिपिडित क्षेत्र संचालन भएको एकदिने स्वास्थ शिविर बेलुका ७ बजे सम्म रहने शर्माले बताए ।