arrow

दलित बस्तीमा सोलार

logo
लक्ष्मण केसी, 
प्रकाशित २०७४ साउन ८ आइतबार
solar_plant.jpg

मुगु । लामो समयपछि अध्योरामा बस्न बाध्य मुगु छायानाथ रारा नगरपालिका ८ चुगागाउँको दलित बस्तीमा निःशुल्क सोलार बितरण गरिएको छ । रोजगारी र अध्ययनको शिलशिलामा स्वदेश तथा बिदेशमा बस्दै आएका युवाहरुको सहयोगमा युथ फर बेटर नेपालले गाउँमा पुगेर ३० थान सोलार सेट बितरण गरेको हो । 

यस अघि महङ्गो मुल्यमा मट्टीतेल किनेर टुकी बाल्दै आएकाहरु सोलार पाएपछि खुसी भएको स्थानीय रतन विके बताए । नगरपालिकामा बिजुली भएपनि दलितहरु अहिलेसम्म टुकीको सहायता लिँदै आएका थिए । यसअघि गाउँमा मट्टितेल सहज रुपमा नपाईने र यातायातको सहज नभएकोले पनि सोलार वितरण पछि बालबालिको लागि पढाईमा सहजता आउने विकेले बताए । 

आधुनिक खालको ड्राई ब्याट्री भएको तीनवटा बत्ति बाल्न मिल्ने १० वाटको निःशुल्क सौर्यपाता वितरण गरिएको हो । बितरण कार्य पहिलो चरणमा बिजुली नपुगेको बस्तीमा वितरण गरिएको र आगामी दिनहरुमा अन्य ठाउँमा रहेका दलित समुदायलाई वितरण गरिने युथ फर बेटरका अध्यक्ष सुमन बिष्टले बताए । 

बिजुली बाल्नुका साथै मोवाईल चार्ज गर्नका लागि समेत सहयोग पुगेको छायानाथ रारा नगरपालिका मेयर हरिजंग शाहीले बताएका छन । यस्तै सोही गाउँकै दलित बालबालिकाहरुले पढ्दै आएको मालिका प्राथमिक विद्यालयमा पनि एक थान सोलार वितरण गरिएको छ । कर्णाली आफैँमा भौगोलिक रुपमा विकट भएको र पछिल्लो समयमा सरकारका कार्यक्रमहरु भुकम्प प्रभावित जिल्लामा केन्द्रित भएपछि आफुहरु कर्णली आएको संस्थाका अध्यक्ष बिष्टले बताए । युवाहरुले यस अघि रुकुमको एक विद्यालयमा कम्प्युटर ल्याव निमार्ण गरेको छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ