arrow

मन्त्री साहले भने- 'परियोजनामा ढिलाइ सरकारलाई सह्य छैन'

logo
प्रकाशित २०७४ साउन १३ शुक्रबार
prabhu_shah.jpg

पर्सा। शहरी विकासमन्त्री प्रभु साहले पर्सामा भइरहेको विकास निर्माण कार्यको प्रगतिबारे जानकारी लिनुका साथै स्थलगत अनुगमनसमेत गरेका छन् ।

एसियाली विकास बैंक(एडिबी)द्वारा वीरगन्ज महानगरपालिकामा सञ्चालित शहरी वातावरणीय सुधार आयोजना तथा वीरगन्जकै अलौँमा निर्माण भइरहेको एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी)को मन्त्री साहले शुक्रबार स्थलगत अनुगमन गरे।

मन्त्री साहले स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारी कार्यालयको आपसी समन्वयको अभावमा निर्माणमा ढिलाइ भएको बताए । विकास निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरे पनि सरकारी कार्यालयका अधिकारीबीच समन्वयको कमी र ठेकेदारको बदमासीले निर्माण समयमा पूरा हुन नसकेको मन्त्री साहले गुनासो गरे।

ठेक्का लिने र विभिन्न बहाना बनाई समयमा काम पूरा नगर्ने ठेकेदार तथा कामको निगरानी गर्ने जिम्मा पाएको सरकारी अधिकारीसमेतलाई कार्बाहीको दायरामा ल्याउने उनले प्रतिबद्धता व्यक्त गरे। मन्त्री साहले आइसिपीको निर्माणलाई तीव्रता दिई सन् २०१७ नोभेम्बरभित्र सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिइएको जानकारी दिए । जग्गाको मुआब्जा विवादलाई चाँडै हल गरी सडक निर्माणलाई गति दिइने उनको भनाइ थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ