arrow

एकै गाँउमा करिव ३ करोडको  गोलभेँडा उत्पादन

logo
प्रकाशित २०७४ साउन १५ आइतबार
hilihang_panchtar.png

पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिकाको एकै गाउँमा रु साढे दुई करोडको गोलभेँडा उत्पादन भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) कार्यक्रम सञ्चालन भएको हिलिहाङ–१ अमरपुरमा आर्थिक वर्ष २०७३÷०७४ मा रु दुई करोड ७८ लाख ९८ हजार मूल्य बराबरको गोलभेँडा उत्पादन भएको हो । 

गाँउमा  उत्पादित गोलभेँडाको प्रतिकिलो सरदर मूल्य रु १३ कामय गर्दा झण्डै रु तीन करोड बराबरको गोलभेँडा अमरपुरमा मात्रै उत्पादन भएको हो । अमरपुरमा ५८० किसानले व्यावसायिकरुपमा गोलभेँडा खेती गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले जानकारी दिए ।  ५८० किसानले जम्मा १० लाख ७३ हजार बोट गोलभेँडा लगाएका थिए । उक्त गोलभेँडाका बिरुवाबाट प्रतिबोट कम्तिमा दुई किलो फल उत्पादन भएको अनुमान गरिएको छ । 


प्रतिबोट दुई किलो गोलभेँडा उत्पादन हुँदा २१ लाख ४६ हजार किलो गोलभेँडा उत्पादन भएको देखिन्छ । तर एउटै बोटमा छ किलोसम्म गोलभेँडा फलेको त्यहाँका किसान बताउँछन् । “एउटै बोटमा छ केजीसम्म गोलभेँडा उत्पादन भएको छ”– गोलभेँडा किसान तुलसी ढकालले भने, “सबै बोटमा एकैनासको फल लाग्दैन । कुनै बोटमा धेरै फल्छ, कुनै बोटमा थोरै तर दुई किलोभन्दा कम कुनै बोटमा पनि फल्दैन ।” न्यूनतम उत्पादनलाई मापन गर्दा एउटै गाउँमा करोडौँको गोलभेँडा उत्पादन भएको देखिन्छ । 

पकेट कार्यक्रमअन्तर्गत कृषि कार्यालयले कृषकलाई गोलभेँडा खेतीका लागि १०० प्रतिशत, ८५ प्रतिशत र ५० प्रतिशतका दरले अनुदानमा कृषि औजार उपलब्ध गराएको थियो । साना सिँचाइका लागि पाइप, प्लाष्टिक क्रेट, स्पेयर, मल, बीउ, विषादी, सुष्म खाद्यतत्वसमेत कार्यालयले किसानलाई अनुदानमा उपलब्ध गराएको थियो । 

मेहनत गर्दा आफूले सोचेभन्दा राम्रै गोलभेँडा उत्पादन भएको किसान बताउँछन् । त्यहाँ उत्पादित गोलभेँडा झापाको बिर्तामोडसम्म निर्यात हुने गरेको छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ