arrow

'नेपालको समृद्धिमा निजी क्षेत्रको भूमिका उल्लेखनीय'

logo
प्रकाशित २०७४ साउन १६ सोमबार

काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको लगानीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल चेम्वर अफ कमर्सले विद्यमान वितीय तथा मौद्रिक नीति एवं आर्थिक क्षेत्रका समसामयिक विषयबारे निजी क्षेत्रको अवधारणा विषयमा सोमबार राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री कार्कीले मुलुकको कुल लगानीमा दुई तिहाई भन्दा वढी लगानी निजी क्षेत्रबाट भइरहेको अहिलेको अवस्थामा निजी क्षेत्रको लगानीको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पारे । 

व्यापार घाटा कम गर्न चुनौती भइरहेको बेला आन्तरिक उत्पादन गर्नुपर्ने आवश्यकतामाथि उहाँंले विशेष जोड दिए । गत आर्थिक वर्षमा ६ दशमलब ९ प्रतिशतको आर्थिक बृद्धि कायम रहेको स्मरण गर्दै यो वर्ष यसलाई ७ दशमलब २ प्रतिशत पुयाउने लक्ष्य रहेको उहाँंले जानकारी दिए । 

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले सफल स्थानीय निकायको निर्वाचनसँंगै सवैमा खुशी छाए पनि व्यापारीहरुमा भने दोहोर मारमा पर्ने हो कि भन्ने चिन्ता छाएको बताए । स्थानीय, प्रदेश र केन्द्र गरी तीनतिर कर तिनुपर्ने हो कि भन्ने चिन्ता व्यापारीमा छाएकोले यसलाई सरकारले स्वेतपत्र वा कानुन नै बनाएर स्पष्ट पार्नुपर्ने माग गरे । 

अध्यक्ष श्रेष्ठले लगानीको वातावरण वनिरहेको बेला फेरि लोडसेडिंग हुन थाल्ने हो कि भन्ने चिन्ता छाएको बताउँंदै लोडसेडिंग हुन नदिन अर्थ मन्त्रालयकातर्फबाट सक्दो सहयोग गर्न अर्थमन्त्रीसँंग माग राखे । उनले उजुरीको आधारमा नभई प्रमाणित भएपछि मात्रै व्यापारीमाथि कारबाही चलाउन सरकारसँंग विशेष अनुरोध गरे । 

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका कार्य समिति सदस्य रणबहादुर श्रेष्ठले विद्यमान वितीय तथा मौद्रिक नीति एवं आर्थिक क्षेत्रका समसामयिक विषयबारे निजी क्षेत्रको अवधारणा वषयमा प्रस्तुतीकरण गरे । कार्यक्रममा अर्थ मन्त्रालय सचिव (राजश्व) शिशिरकुमार ढुंगानालगायतले आर्थिक क्षेत्रका विविध पक्षबारे चर्चा गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ