arrow

भेनेजुएलामा विवाद बढ्दो, दुई विपक्षी नेता पक्राउ

logo
प्रकाशित २०७४ साउन १७ मंगलबार
hatkadi-new-ss.jpeg

कराकस, १७ साउन । भेनेजुएलामा सम्पन्न संविधान सभाको निर्वाचनपछि झन विवाद बढेको समाचार छ । सो निर्वाचन विपक्षीले बहिस्कार गरेका थिए । 

भेनेजुएलाका निर्वाचन अधिकारीहरुले पनि संविधानसभाको निर्वाचनमा जम्मा ४१.५ प्रतिशत मतदान भएको सार्वजनिक गरेका छन् । उनीहरुको सो जानकारीपछि विपक्षी दलले पनि ८८ प्रतिशतले मतदान बहिष्कार गरेको बताएका छन । यहाँका विपक्षी दलहरुले उक्त निर्वाचनलाई अवैध भन्दै आएका छन । 

मुख्य विपक्षी दलले निर्वाचनको नतीजा अस्वीकार गर्दै सोमबारदेखि थप विरोध प्रदर्शनका लागि आह्वान पनि गरिसकेको थियो । सोही बमोजिम हाल भनेजुएलामा आन्दोलन जारी छ । 

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले भने सो निर्वाचनलाई एक क्रान्तिको रुपमा लिएको बताएका छन् । उनले आफूले पाएको मतको स्वागत पनि गरेका छन् । आइतबार सम्पन्न उक्त मतदानका क्रममा व्यापक हिंसा भएको थियो । त्यस हिंसामा परी कम्तीमा पनि १० जना मारिएको समाचार आएको थियो । 

सोमबार पनि दिनभर सडकमा सरकार विरोधी प्रदर्शन र हिंसा भएको छ । यो निर्वाचनलाई विजय मान्न सकिन्छ कि सकिन्न भन्ने बारेमा पनि  बहस भएको छ । राष्ट्रपति मादुरोले उक्त मतदानलाई प्रजातन्त्रको उदाहरणका रुपमा लिएका छन् भने विपक्षीले उनीमाथि धाँधली गरेको र मतदातालाई डर देखाएको आरोप लगाएका छन । 

यसैबीच मङ्गलबार प्राप्त अर्काोएक समाचारअनुसार  विपक्षी दलका दुई जना नेतालाई पक्राउ गरिएको छ । उनीहरुको पक्राउ पछि आन्दोलन थप बढ्ने अनुमान गरिएको जनाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ