अमेरिका र रुसबीच दुरी अझै बढ्दैः रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउने सम्बन्धी विधेयकमा ट्रम्पद्धारा हस्ताक्षर
प्रकाशित २०७४ साउन १९ बिहिबार
346
Shares
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउनेसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन् । योसंगै अमेरिका र रुसबीचको सम्बन्ध अझै चिसिने भएको छ ।
अमेरिकी संसद सिनेटले विधेयक पास गरेपछि राष्ट्रपति ट्रम्पले रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउनेसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका हुन् ।
नयाँ प्रतिवन्धको रुसले कडा आपत्ति जनाएको छ । रुसी प्रधानमन्त्री दिमित्री मेदवेदेवले अमेरिकाले रुस विरुद्ध व्यापारिक युद्ध घोषणा गरेको प्रतिक्रिया जनाएका छन् ।