हातहतियार सम्बन्धि मुद्दामा अदालत पुगेका सलमान तीन मिनेटमै फर्किए
प्रकाशित २०७४ साउन २० शुक्रबार
269
Shares
एजेन्सी ।हातहतियार सम्बन्धि मुद्दामा फसेका सलमान खान शुक्रवार आफ्नो धरौटी भर्न जोधपुर अदालतमा हाजिर भएका छन् । सलमान तीन मिनेटमै धरौटीमा हस्ताक्षर गरेर अदालतबाट फर्किएका थिए ।सो केसमा सलमानलाई छुटकारा दिने ट्रायल कोर्टको निर्णयमा राज्य सरकारले चुनौती दिएको थियो । राजस्थानमा न्यायपालिकाका कर्मचारीहरुको लामो समय देखि हडताल चलिरहेको थियो । जुन बिहिबार समाप्त भएको छ । यो सँगै सलमान अदालत पुगेका हुन् ।
जोधपुरको जिल्ला अदालतमा न्यायधिशको पद रिक्त रहेकाले सलमान एडीजे अदालत पुगे । अदालतमा सलमानले २० हजारका दुईबटा धरौटी पत्र भरेर केहि समय न्यायधिश अगाडि उपस्थित भए । न्यायधिशले उनलाई केहि प्रश्न नगरेपछि उनि आफ्ना वकीलसँग कुरा गरेर बाहिर निस्किएका थिए ।
सलमान चार्टर्ड प्लेनबाट सो स्थान पुगेका हुन् । सलमान बिरुद्ध सन् १९९८ मा जोधपुरमा अवैध हात हतियार राखेको र शिकार गरेको मामिला चलिरहेको थियो ।यो भन्दा पहिले ट्रायल कोर्टले उनलाई उक्त काण्डबाट निर्दोष सावित गरेको थियो ।
सलमानलाई छुटकारा दिने फैसलालाई सरकारले सेशन कोर्टमा चुनौती दियो। राज्य सरकारको पिटीशन माथि कोर्टले सलमानलाई नोटिस जारी गरेको छ ।उनलाई धरौटी भर्पाइ गर्न कोर्टमा हाजिर हुन आदेश दिएको थियो ।
धरौटी भर्नेको लागि सलमान अघिल्लो महिना जोधपुर आउनु पर्ने थियो तर न्यायधिशको ट्रान्सफरका कारण सो सुनवाई हुन सकेन । ट्रायल कोर्टले उनलाई छुटकारा दिए पनि सलमानलाई अदालतले बोलाए समयमा उपस्थिति हुने भनेको छ ।
सलमानले सन् १९९८ मा चलचित्र ‘हम साथ साथ हे’ को सुटिङको क्रममा दुईवटा कालो हरिणको शिकार गरेका बताइन्छ । सलमानले सो समय शिकारमा प्रयोग गरेको हतियारलाई लिएर सलमान बिरुद्ध हात हतियार एन अन्तर्गत मामिला दर्ता गरिएको हो ।
अनुसन्धानको क्रममा सलमानको पेस्तोल र राइफलको लाइसेन्स मिति समाप्त भएको थियो उनले त्यस्लाई नविकरण गराएका थिएनन् । सो मामिलामा ट्रायल कोर्टले सलमालाई छुटकारा दिएको थियो ।