arrow

हिमाल पारीको जिल्ला मुस्ताङमा यार्तुङ पर्व सुरु

logo
प्रकाशित २०७४ साउन २० शुक्रबार
yaktung-mustang.jpg

मुस्ताङ । हरेक वर्ष झैँ यस वर्षपनि मुक्तिनाथमा यार्तुंङ पर्व सुरु भएको छ। हिमाल पारीको जिल्ला मुस्ताङ भौगोलिक र वातावरणीय रुपमा मात्र नभई सांस्कृतिक र विभिन्न चाडपर्वले पनि एक विशेष जिल्ला मानिन्छ । यस वर्षको यार्तुङ पर्व साउन २० गते देखि २३ गतेसम्म संचालन हुनेछ ।मेला जनप्रिय युवाक्लवको आयोजना गरेको छ ।  

मेलामा विशेष गरी घोडा दौड, तारा खेल, फुटबल जस्ता खेलहरुका साथै मनोरन्जनात्मक कन्सर्ट र डान्स पार्टिको समेत आयोजना गरिएको छ । सधैको वर्ष झै यस वर्ष पनि यार्तुङ हेर्न देशविदेशबाट थुप्रै पर्यटकहरु आएको जनप्रिय युवा क्लवका अध्यक्ष सुरज गुरुङले जानकारी दिए ।

यसवर्षको यार्तुङको पहिलो दिन फुटबल खेलको आयोजना गरिएको छ । उक्त फुटबल खेलमा १४ वटा टिमले भाग लिएका छन् । पहिलो खेलमा जोमसोम एअरपोर्ट र मार्फा भिडेका थिए । जसमा एअरपोर्ट विजयी भएको छ । मुक्तिनाथ र झोङबीच भएको खेलमा मुक्तिनाथ विजयी भएको छ भने बाकी खेलहरु भैरहेको अध्यक्ष सुरज गुरुङले बताए ।

शनिबार घोडा दौड र नृत्य हुने आयोजकले जानकारी दिएको छ । पर्वमा राष्ट्रिय स्तरका कलाकारहरुले पनि प्रस्तुति दिनेछन् । पर्यटकको संख्यामा पनि बृद्धि भइरहेको आयोजक क्लबका अध्यक्ष सुरज गुरुङले बताए l



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ