arrow

मकवानपुर जिल्ला समन्वय समितिको निर्वाचन सोमबार

logo
प्रकाशित २०७४ साउन २१ शनिबार
makwanpur-manhari.png

हेटौँडा । मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सात सदस्यका लागि यही साउन २३ गते बिहान निर्वाचन हुने भएको छ । 


जिससका प्रमुख र उपप्रमुखमा नेकपा एमालेबाट क्रमशः रघुनाथ खुलाल र भगवती पुडासैनीले मनोनयन पत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृतका कार्यालय मकवानपुरले जनाएको छ । 

यसैगरी नेपाली काँग्रेस मकवानपुर र नेकपा माओवादी केन्द्रको संयुक्त समूहबाट प्रमुखमा कृष्णप्रसाद दाहाल र उपप्रमुखमा विजयकुमार भोलनले मनोनयनपत्र दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अधिकृत गोविन्दप्रसाद पौडेलले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ