arrow

सुआरेजलाई फेरि खेल प्रतिबन्ध, खेल मैदानमा लफडा गरेकाे सजाय

मैदानमा चिच्च्याउँदाको परिणाम

logo
प्रकाशित २०७२ पुष २४ शुक्रबार
suarezbarcaespanyol.jpg.jpeg
एजेन्सी । उरुग्वेयन स्ट्राइकर लुइस सुआरेजलाई दुई खेलको प्रतिबन्ध लागेको छ । बुधवार स्पेनिश फुटबल प्रतियोगिता कोपा डेल रे को अन्तिम १६ का लागि भएको पहिलो लेगको खेलमा सुआरेजले इस्पानियोलका खेलाडीसंग झगडा गरेका थिए । बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने २८ वर्षीय सुआरेजले खेलबाट फर्किने क्रममा टनेलमा विपक्षी टोलीका खेलाडीसंग झगडा गरेका थिए । 
 
इस्पानियोलका खेलाडी पेपे डिओपले रातो कार्ड खाँदै बाहिरिने क्रममा आफुलाई गाली गरेको भन्दै रन्थिनिएका सुआरेजले चिच्च्याउँदै ‘म तिमीहरुलाई नै पर्खिरहेको छु, यहाँ आओ, तिमीहरु धर्तीका बोझ हौ– भनेका थिए ।’ खेलपछि रेफ्रीको आधिकारिक नोटमा बहस गरेकामा जिम्मेवार ठहरिएपनि कथित रुपमा आपत्तिजनक शब्द प्रयोग नगरेको उल्लेख रहेको क्लबले बताएको छ । 
 
पूर्व लिभरपुल स्ट्राइकर पेपेले खेलबाट बाहिरिनु अघि सुआरेजलाई आपत्तिजनक टिप्पणी गरेका थिए । सुआरेजलाई अनुशासनको कारबाही भएको हो । यसअघि, २०१४ को विश्वकप खेलका क्रममा इटलीका डिफेन्डर जर्जियो केलेनीलाई टोक्दा उनीमाथि विश्वकपका अन्य खेल र ९ औपचारिक खेलमा प्रतिबन्ध लागेको थियो । प्रतिबन्ध फुकुवापछि सुआरेज बार्सिलोना आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ