- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भरतपुर महानगरमा माओवादी–काँग्रेस गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । २० नम्बर वडाको मत गणना अन्तिम चरणतिर पुग्दा दाहालले ९९ मतले अग्रता लिएकी हुन् ।
पछिल्लो मतपरिणाम अनुसार दाहालले ४२ हजार ७ सय ४४ मत र एमाले उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ६ सय ४५ मत ल्याएका छन् । वडा नम्बर २० को अब ११ सय मत गणना गर्न बाँकी छ ।
भरतपुर २० नम्बर वडामा ३ हजार ३ सय २ मत खसेको थियो । १९ नम्बरको मतगणना सकिँदा ज्ञवालीले नै अग्रता लिएका थिए । शुक्रबार पुनः मतदान भएको वडा नम्वर १९ मा भने नेपाली काँग्रेसको प्यानलनै विजयी भएको छ ।