जग्गा खरिद र रौतहट घटनाबारे छानविन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन
प्रकाशित २०७४ साउन २३ सोमबार
477
Shares
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनसरोकारका दुईवटा संवेदनशील विषयमा सम्बन्धित निकायलाई छानबिन गरी तथ्य सत्यसहितको यथार्थ प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।
नेपाल आयल निगमले गरेको जग्गा खरिद सम्बन्धमा केही सातायता विभिन्न सञ्चारमाध्यमहरुमा आएका समाचारहरुको बारेमा छानबिन गरी सत्य तथ्यसहितको यथार्थ प्रतिवेदन १५ दिनभित्र पेश गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैगरी, रौतहटको गरुडामा खाल्डोमा जमेको पानीमा डुबी बालिकाहरुको निधन भएकोमा छानबिन गरी सत्य तथ्यसहितको यथार्थ प्रतिवेदन तीन दिनभित्र पेश गर्न गृह मन्त्रालयलाई समेत निर्देशन दिइएको छ । रासस