arrow

काँग्रेसको एकल बहुमत रहेको नुवाकोट जिससमा एमाले माओवादी गठबन्धन 

logo
प्रकाशित २०७४ साउन २३ सोमबार
nuwakot-bidur-relult.png

त्रिशूली(नुवाकोट)। जिल्ला समन्वय समितिको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता भएको छ । नेपाली कांग्रेस र एमाले–माओवादी गठवन्धनले जिससका लागि उम्मेदवार दर्ता गराएको हो । कांग्रेसको एकल बहुमत रहेको नुवाकोटमा कांग्रेसले प्रमुखमा तादी गाउँपालिका–४ का सदस्य सन्तमान तामाङ र उपप्रमुखमा ककनी गाउँपालिकाका पदमराज पौडेल तथा सदस्यमा शिवपुरी गाउँपालिकाका रामसिंह तामाङ, पञ्चकन्या गाउँपालिकाका अभिनव फुयाँल, विदुर नगरपालिका–१ का गणेश शाही, तारकेश्वर गापाकी सुविना प्रधान, शिवपुरी गापाकी अप्सरा थापा, दुप्चेश्वर गापाकी मैयाँ शेर्पिनी र विदुर– १३ की धनमाया तामाङलाई उम्मेदवारीमा मनोनयन गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले गठबन्धन गरी उम्मेदवार उठाएका छन् । प्रमुखसहित पाँच एमालेबाट र उपप्रमुखसहित चार माओवादी केन्द्रबाट उम्मेदवार छन् । एमाले माओवादी गठबन्धनबाट प्रमुखमा बेलकोटगढी–६ का सदस्य रामहरि घिमिरे र उपप्रमुखमा विदुर–७ का सदस्य विष्णुबहादुर बोगटीको उम्मेदवारी दर्ता भएको छ । सदस्यमा तारकेश्वर गापाका नारायण रिमाल र विक्रम गुरुङ, ककनी गापाका बहादुर घले र मीनुकुमारी तामाङ, बेलकोटगढीका नवीन पुडासैनी र सरस्वती उप्रेती तथा पञ्चकन्याकी शर्मिला तामाङको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत महिमानसिंह विष्टले जानकारी दिए । 

जिससको निर्वाचनका लागि १२ स्थानीय तहका प्रमुख र उप्रप्रमुख गरी २४ मतदाता छन् । तिनमा १४ कांग्रेसको तथा छ एमाले र चार माओवादीका मत छन् । यही साउन २९ गते जिससको निर्वाचन हुँदैछ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ