arrow

घरदैलोको चटारोमा मेयर रेणु, भन्छिन्ः जनताले जिताए, उहाँहरुको योजना बुझेर काम गर्छु

logo
राजेन्द्र आचार्य,
प्रकाशित २०७४ साउन २४ मंगलबार
renu_dahal.png

चितवन । भरतपुर महानगरपालिकाकी  नवनिर्वाचिच मेयर रेणु दाहाल मतदातालाई धन्यवाद दिन गाउँ गाउँमा पुगेकी छिन् ।  सगैँ उपमेयर पार्वती शाह पनि धन्यवाद घरदैलोमा सक्रिय छन् ।  नेपाल कै महानगरको पहिलो महिला मेयर बन्नु भएको रेणु दाहल दुई दिन यता वडा १९ र २० मा जनताले आफुहरुलाई बधाई लिन आउन आग्रह गरे अनुसार नै सक्रिय भएको बताईन् ।

चितवनमा विगतमा जितेका उम्मेदवारहरु गाउँ नपस्ने आरोप लागिरहेका बेला अहिले गाउँ टोलसम्म पुगेका हुन् । म क्रमिकसगँ सबै वडामा धन्यावाद ज्ञापन, बधाई लिनसगैँ सुझाव संकलन गर्न पुग्नेछु । मेयर र उपमेयरसहित वडा अध्यक्षहरु विजयी बनाउने सबै मतदाता, शुभेच्छुक, शुभचिन्तक हरुलाई धन्यवाद दिन जनताको घरघरमा पुगेका हुन् ।

जनताको घरघर गई समस्या सुन्ने र त्यसको समाधानमा लागि पर्ने मेयर रेणु दाहालले बताईन् । जनतासंग भोट मागियो, जनताले भोट दिएर जिताए, त्यसैले अहिले विजय ऱर्यालीसंगै घरदैलोमा गएर जनतासंग समस्या पनि बुझ्ने गरेको छु’—रेणुले भनिन् । धन्यवाद मात्र होईन् अब कुन विकास पहिला र कसरी भन्ने बारेमा सुझाव समेत लिएको छु ।

विगतमा जितेपछि नेताहरु जनताको घरमा फर्किएनन् भनेर गुनासो आउने गरेकाले आफू विजयी भएदेखि नै जनताको घरदैलोमा जान थालेको बताउँदै उनले आगामी दिनमा पनि जनताको घरदैलोमा पुगेर उनीहरुको सुख दुःखमा साथ दिने बताईन्  ।

चुनावमा विजयी भएको घोषणासँगै आफुहरु  कार्यकर्ता र मतदातासम्म पुग्न हतार भएको उमेयर पार्वती शाहले बताईन् ।
‘गाउँ गाउँमा बुनेर राखेको माला सुक्न लागेको भन्दै मतदाताले बोलाईएको छ ’ नवनिर्वाचत मेयर रेणुले भनिन्   ‘चुनाव अगाडिको भन्दा बढीहौसला जिते पछिको घरदैलोमा भएको छ ।’ पहिला भोट माग्दा किन दिने भन्ने प्रश्न गर्ने मतदाताहरु विजयीभएसँगै घर बाहिर घडा राखेर स्वागतमा निस्कीएका छन् । अब विकास जनप्रिय काम गरेर देखाउन चुनौती थपिएको छ ।
गाउँमा आफुहरु पुग्दामा जनताले सबै भन्दा बाटोघाटो निर्माण, स्वास्थ्य शिक्षा र पर्यटन, आयआर्जन र सीपमूलक कामलाई प्रथामिकतामा राख्न सुझाव दिएको मेयर दाहालको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ