arrow

जिल्ला समन्वय समिति पाल्पामा एमालेको प्यानलै विजयी

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ साउन २५ बुधबार
jilla_samnwaya_ko_news.jpg

पाल्पा  । पाल्पा जिल्ला समन्वय समिति पाल्पाको प्रमूखमा नेकपा एमालेका दयाराज बस्याल प्यानलै सहित विजय भएका छन् । मंगलवार भएको निर्वाचनमा १३ मत प्राप्त गरि बस्याल विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका हेम प्रसाद अर्यालले ७ मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा एमालेकै मीरा मरासिनी १३ मत प्राप्त गरि विजयी भएकी छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसकी शान्ती झेडी थापाले ७ मत प्राप्त गरिन ।

 सदस्यमा एमालेकै होमनाथ ठडराई , तुल बहादुर गाहाँ, इश्वरी प्रसाद न्यौपाने , भेष बहादुर वंशी, कमला थापा , इन्द्रा चिदी र खरगती सारु  निर्विरोध निर्वाचित भएको मूख्य निर्वाचन अधिकृत भरतमणी खनालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ