arrow

समन्वय समिति स्याङ्जाको प्रमुखमा महिला

एमालेको प्यानल नै विजयी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ साउन २६ बिहिबार
jilla_samnoya_syangja.jpg

स्याङ्जा । जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा नेकपा एमाले बैकल्पिक केन्द्रिय सदस्य सिता कुमारी सुन्दास बिजयी भएकी छन् । उनीको जित सँगै स्याङ्जा र देशले पहिलो महिला समन्वय समितिको प्रमुख पाएको हो । ११ स्थानीय तह रहेको स्याङ्जामा ३ नगरपालिका र एक गाँउपालिका प्रमुखमा काँग्रेस बिजयी भएको थियो भने २ नगरपालिका र ५ गाँउपालिका सहित एक गाँउपालिकामा उपप्रमुखमा एमाले विजयी भएको थियो । जिल्ला समन्वय समितिको निर्वाचनमा १५ मत ल्याएर विजयी भएकी सुन्दास सहित एमालेको प्यानल निर्वाचित भएको छ । सुन्दाससगँ पराजित काग्रेस क्षेत्रिय सभापति अर्जुन प्रकाश अर्यालले ७ मत प्राप्त गरेका थिए ।     

त्यस्तै उप प्रमुखमा विजयी बनेका एमालेका दिलिप बगालेले पनि १५ मत प्राप्त गरेका थिए भने काग्रेस नेतृ शक्तिचन्द्र अर्याल अधिकारीले ७ मत प्राप्त गरेकी थिईन् । समन्वय समिति सदस्यमा महिलाबाट एमालेका धनमायाँ बिक, सिता थापा, टिका कुमारी डुम्रे बिजयी भएका हुन् । जनजातिमा एमालेकै गुमान सिहँ थापा, दलितमा तेजेन्द्र सुनार बिजयी भएको मुख्य निर्वाचन अधिकारी रमेशकान्त अधिकारीले जानाकारी दिए । त्यस्तै समितिको अन्य सदस्यमा बिष्णु प्रसाद आचार्य र बिष्णु चन्द बिजयी भएका हुन ।

मतगणना पश्चात समन्वय समिति प्रमुख तथा उप्रमुख र सदस्यहरुले सपथ ग्रहण गरेका थिए । प्रमुख सुन्दासले जिल्ला समन्वय समितिले समन्वयकारी भुमीका निर्वाह गरेर काम गर्ने बताईन् । उनले जिल्लामा हुने विकासमा समन्वयकारी भुमीकामा रहने जानकारी दिईन् । शपथ ग्रहण पश्चात प्रमुख, उपप्रमुख सहित सबै सदस्यले पदभार ग्रहण समेत गरेका छन् । समन्वय समितिको पहिलो बैठकले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सवैमा धन्यवाद ज्ञापन गरेको छ । सोही बैठकले जनप्रतिनिधि विहिन अवस्थामा सम्पूर्ण कर्मचारीहरुले पुर्‍याएको योगदानलाई धन्यबाद र हरेक प्रकारका कामहरुमा समन्वय गर्ने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ