arrow

महाराजगंज नगरपालिकाको बजेट ४१ करोड

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७४ साउन २६ बिहिबार
maharaj-budget.jpg

कपिलवस्तु । कपिलवस्तु स्थित महाराजगंज नगरपालिकाको चालु आर्थिक बर्षको बजेट ४१ करोड १४ लाख ३८ हजार बजेट प्रस्तुत गरिएको छ । नगरपालिको प्रथम नगर सभामा मेयर अब्दुल कलाम खाले प्रस्तुत गरेको सो बजेटमा चालु तर्फ ७ लाख ७४ हजार र २५ करोड ६ लाख ६४ हजार पुजीगत बजेट बिनियोजन गरिएको छ । जसमध्ये १० करोड ७८ लाख ७४ हजार सशर्त अनुदान रहेको छ । तत्काली अवश्यक्ता र ठुला आयोजनालाई प्राथमिकता दिईएको मेयर कलामले बताए ।

 यसबैबर्ष देखि कालोपत्रे सडक निर्माण सुरुवात गर्ने, हरेक बार्डको ३ वटा बस्तीको बाटोका पक्की नाली तथा कंक्रीट सकडन बनाउने उनले बताए । सोही कार्यक्रममा बार्षिक नीति कार्यक्रम र बजेट सिलिङ प्रस्तुत गर्दै वडा अध्यक्ष जोगेन्द्र सिंहले एउटै सडककालागि ७ करोड ६८लाख बजेट पारित गरिएको बताए । बित्तीय समानिकरण अनुदानबाट १ करोड छुट्टाईएको छ । सडक पुर्वाधारमा ११ करोड ४५ लाख फोहरमैला तथा ढल ब्यवस्थापनमा ५० लाख, बिपत ब्यवस्थापनकालागि १० लाख बिनियोजन गरिएका छन । नगरपालिकालाई यसै बर्ष खुलादिशामुक्त र पुर्ण खोवयुक्त नगरपालिका घोषणा गरिने जनाईएको छ ।

 सबै वडाहरुमा बाईफाई जडान, कर्मचारी, उपभोक्ता समिति र निर्माण ब्यवसायीलाई काम अनुसार पुरस्कार दण्डको प्रावधा बनाईएको छ । सो अवसरमा प्रजिअ बिष्णु ढकालले जिल्ला मै सबै भन्दा पहिले नगर सभा गरकोमा बधाई दिदै बर्षो पछि अब जनताहरुले सहजरुपमा सेवा प्राप्त गर्ने बिश्वास ब्यक्त गरे ।

उनले सिंहदरबारको अधिकार स्थानीय सरकारमा आएकोले अब जनताको काम सहजढंगमा हुने बताए । सो अवसरका स्वासथय संस्था बनाउनकालागि निःशुल्क जग्गा दिने एक दर्जन जग्गा दाताहरुलाई सम्मानित समेत गरिएको थियो । कार्यक्रम मेयर कलामको अध्यक्षता, सनीउल्लाह धाबीको संचालन र कार्यकारी अधिकृत हरि शर्माको स्वागत मन्तब्यमा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ