arrow

जिसस मोरङको प्रमुखमा एमालेका पोखरेल विजयी

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
Morang_District.png

विराटनगर। जिल्ला समन्वय समिति मोरङको प्रमुखमा नेकपा (एमाले)का नरेश पोखरेल विजयी भएकाछन्। शनिबार सम्पन्न निर्वाचनमा चार दलको गठबन्धनबाट पोखरेलसहित नौजना पदाधिकारी विजयी भएका हुन्।

उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का प्रकाश साह यसअघि नै निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी, सदस्य पदमा विश्वेश्वर ढकाल, कात्तिक मण्डल, सुनितादेवी ऋषिदेव, सीतादेवी राजवंशी, लक्ष्मीदेवी ऋषिदेव र पुलिस विश्वास विजयी भएका हुन्।

चार दलको गठबन्धनबाट प्रमुख र एक सदस्य एमालेबाट, उपप्रमुखमा माओवादी केन्द्रबाट, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमबाट तीन-तीनजना निर्वाचित भएका हुन्। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ