arrow

जिल्ला समन्वय समिति पाँचथरमा एमाले–माओबादी गठबन्धन विजयी

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ साउन ३० सोमबार
panchthar-district1.png

पाँचथर ।  जिल्ला समन्वय समिती पाँचथरको आइतबार सम्पन्न निर्वाचनमा नेकपा एमाले र माओबादी केन्द्रको गठबन्धनका उम्मेरद्वाहरु बिजयी भएका छन् । जिल्ला समन्वय समिति पाँचथरको प्रमुखमा नेकपा एमालेका बिष्णु साप्पकोटा नौं मत ल्याई बिजयी भएका हुन ।

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सकुन्तला ओलीले सात मत ल्याउनुभएको थियो । त्यस्तै उपप्रमुखमा  नेकपा माओबादी केन्द्रका डिल्लीराम दुलाल उपप्रमुखमा गोलाप्रथाबाट बिजयी भएका छन् । कांग्रेसका राजेन्द्र रिजाल दुलालको बराबरी आठ -आठ मत भएपछि गोलप्रथा गर्दा माओबादी केन्द्रका डिल्लीराम दुलालको पक्षमा गोला परेपछि दुलाल जिल्ला समन्वय समिति पाँचथरको उपसभापतिमा निर्वाचित भएका हुन् ।

जिल्ला समन्वय समिति पाँचथरमा एक सदस्य माओबादी केन्द्रका कुशल राई बिजयी भएका छन् । त्यस्तै एमालेबाट सदस्यमा बिजयी हुनेहरुमा नरबहादुर गुरुङ, सन्तोष सेन्चुरी, धनमाया राई,  मनमाया लिम्बू , भगवती राइ र चन्द्रबहादुर चम्लागाई  रहेका छन्  । एमालेका चन्द्रबहादुर चम्लागाई र कांग्रेसका प्रताप राईबीच पनि बराबर  ८-८ मत भएपछि गोलाप्रथाबाट एमालेका चम्लागाई जिल्ला समन्वय समिति पाँचथरको सदस्यमा निर्बाचित भएका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ