arrow

धनुषाका बाढीपीडितलाई धुर्मुसको राहत

logo
प्रकाशित २०७४ साउन ३० सोमबार
sitaram-kattel.jpg

महेन्द्रनगर (धनुषा)। कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँडेका छन् ।  जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा सोमबार बिहान उनले राहत बाँडेका हुन् ।

उनले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गरे। अविरल वर्षापछि छेउको जलाद नहरमा आएको बाढीले आइतबार मेस्तर, मुसहर, पासवानलगायतको संयुक्त दलित बस्ती जलमग्न भई एक सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।

राहत बाँड्दै धुर्मुस सुन्तली फाउण्डेशका अध्यक्षसमेत रहेका कट्टेलले विपद्को समयमा सहयोगी मनले बाढी प्रभावितलाई सहयोग गर्नुपर्ने बताए ।

धुर्मुसले आइतबार महोत्तरीको भंगहामा ३७ परिवार डुबान पीडितका लागि राहत वितरण गरेका थिए  । सोमबार जनकपुरको धराजभन टोलमा जलाद नहरले डुबानमा परेका ८८ परिवारका लागि तत्काल खान मिल्ने खाद्यान्न, औषधि, पानीलगायतका राहतका प्याकेज प्रदान गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ