arrow

मोरङ र सुनसरीमा विद्युत् सेवा पुनःसञ्चालन

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार
Nepal-Electricity-Authority.jpeg

विराटनगर । मोरङ र सुनसरीमा विगत पाँच दिनदेखि अवरुद्ध विद्युत् सेवा मंगलबार रातिदेखि पुनःसञ्चालन भएको छ । 

गत शुक्रबार राति अविरल वर्षा र बाढीको पानी सुनसरीस्थित विद्युत् सव–स्टेशनको परिसर र उपकरण कक्षमा पसेपछि सेवा अवरुद्ध भएको थियो । 

गत आइतबारदेखि छवटा पम्पिङसेटको मद्दतले सो सव–स्टेशनमा जमेको पानी बाहिर फालेर र मेशिनको जाँच गरेर यी दुई जिल्लाको विद्युत् पुनःसञ्चालन गरिएको हो ।

मंगलबार रातिदेखि विद्युत् सुचारु भए पनि बिहान ३ बजेदेखि कतिपय ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ । 

विद्युत् सेवा पुनःसञ्चालन भएपछि सर्वसाधारणले राहतको अनुभूति गरेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ