arrow

धुर्मुस-सुन्तलीको वाढीपीडित अभियानलाई सगुनले दियो १० लाख

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार
sagoon_sahayog.jpg

काठमाडौं । धुर्मुस-सुन्तलीको वाढीपीडित अभियानलाई सगुनले १० लाख सहयोग गरेको छ । बाढी र पहिरोले भएको जनधनको क्षतिप्रति  दुःख व्यक्त गर्दै  सगुनले पीडित परिवारको राहतका लागि धुर्मुस-सुन्तलीको वाढीपीडित अभियानलाई सहयोग गरेको हो ।

 सगुनले  आइतबार विज्ञप्ति जारी गरी राष्ट्रिय विपद्‍को घडिमा  सहयोग गर्नु मानव धर्म  हो भनेको छ । विज्ञप्तिमा 'यस विपद्‍को घडिमा  सगून सक्दो सहयोग गर्न तयार छ ।  बाढी पीडितहरुलाई राहत स्वरुप दस हजार अमेरिकी डलर (१० लाख) सहयोग उपलब्ध गराइने छ ' भनिएको छ ।


सगुनले गोरखा भुकम्पपछि धुर्मुस-सुन्तलीकै अभियान मार्फत  भूकम्प पीडितलाई सहयोग गरेको थियो ।  सगूनले यस पटकको सहयोग रकम दुई वटा संस्था  एनआरएन एनसीसी, अमेरिका तथा धुर्मुस–सुन्तली फाउण्डेशन मार्फत उपलब्ध गराउन लागेको हो  ।

एनआरएन एनसीसी अमेरिकासँग हातेमालो गर्दै जाने र धुर्मुस –सुन्तली फाउण्डेसनले राहत वितरण शुरु गरिसकेकोले तत्कालै सहयोग रकम उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञाप्तिमा 'यो राष्ट्रिय विपद्‍को सामना गर्न सबैले सहयोग गर्न आवश्यक छ । कुनै एक व्यक्ति वा संस्थाको सानो सहयोगले हालको क्षतिलाई पुरा गर्न सक्दैन । यद्यपि, हरेक व्यक्तिले  थोरै थोरै मात्र सहयोग गर्न सके पीडितलाई ठूलो राहत हुन जान्छ ।  त्यसैले सगूनका लगानीकर्ताहरु, प्रयोगकर्ताहरु, शुभचिन्तकहरु लगायत विश्वभर रहेका सम्पूर्ण नेपालीहरुलाई विपतको समयमा आ–आफ्नो ठाउँबाट सक्दो सहयोगका लागि अनुरोध गर्दछौँ' भनिएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ