arrow

भुकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत रेडक्रसले के के गर्यो काम ?

logo
प्रकाशित २०७४ भदौ १ बिहिबार
NEpal-Redcross.jpeg

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले भुकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गतका गतिविधिहरु समुदायको सक्रिय सहभागिता तथा परामर्शमा सञ्चालन गरिरहेको छ । अन्तर्गत विभिन्न क्षेत्रहरुमा आवास, खानेपानी, सरसफाई तथा स्वच्छता, स्वास्थ्य जिविकोपार्जन र संस्थागत क्षमता विकास आदि अत्यावश्यक विषयहरुमा आफूलाई केन्द्रित गरेको छ । 

नेपाल रेडक्रस सोसाइटीले आवास अन्तरगत डकर्मी तालिम सञ्चालन गरी पुनः निर्माणका लागि आवश्यक दक्ष जनशक्ति स्थानीय स्तरमै उत्पादन गर्ने र समुदायलाई सुरक्षित पुनः निमार्ण सम्बन्धी जागरुक बनाउने कार्य गर्नुका साथै सरकारी मापदण्ड अनुसार विभिन्न जिल्लामा ८००० घरपरिवारलाई आवास अनुदान उपलब्ध गराउने र आवश्यकता अनुसार सुरक्षित निर्माणको लागि प्राविधिक सहायता उपलब्ध गराउने कार्य गर्दै आएको छ । 

नेपाल रेडक्रसले खानेपानी, सरसफाई तथा स्वच्छताको लागी भुकम्पले क्षतिग्रस्त खानेपानी आयोजनाहरुको पुनःस्थापना गर्न सहयोग गर्ने र समुदायले आवश्यकता महसुस गरे अनुसार सम्भावनाको आधारमा थप खानेपानी आयोजनाको पहिचान र सञ्चालनमा सहयोग गर्ने खानेपानी उपभोक्ता समुहलाई आवश्यक तालिम प्रदान गर्ने कार्य गर्दै आएको छ । सरसफाईको लागी शौचालय पुनः निर्माण गर्न सहयोग गर्ने तथा स्वच्छता प्रवद्र्धन सम्बन्धी गतिविधि सञ्चालन गर्ने र खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने सरकारी अभियानमा सहयोग गर्ने गतिविधिहरु संचालन गरिरहेको छ ।

मानिसको स्वास्थलाई सर्वोपरि ठानी गरिव तथा विपन्न र संकटासन्न अवस्थामा रहेका जनताहरुको स्वास्थ्य अवस्थामा सुधारका लागी कार्य गर्दै आएका छन । भुकम्पले क्षतिग्रस्त स्वास्थ्य संस्था भवन पुनःनिर्माण गरी सेवा सुचारु गर्न सहयोग पु¥याउने , स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गर्न सहयोग पु¥याउने ,समुदायमा आधारित स्वास्थ्य प्रवद्र्धनको लागि विभिन्न तालिमहरु जस्तै प्राथमिक उपचार, पोषण, पूर्णखोप, सुरक्षित मातृत्व, स्वास्थ्य व्यवहार आदि कार्यहरु स्थानीय रुपमा गर्दै आएको छ । यसले आम जनसमुदायमा एक प्रकारको मनो—समाजिक सहायता पनि गरिरहेको छ ।

नेपाल रेडक्रसले गरिव तथा विपन्न वर्ग र संकटासन्न अवस्थामा रहेका मानिसहरुको जीवन यापन सरल र सहज बनाउने उदेश्यले जिविकोपार्जन सम्बन्धी विभिन्न आयमूलक पेशा तर्फ जनसमूदायलाई आकर्षित गर्ने कार्य  गर्दै आएको छ । यसले कृषि तथा पशुपालन सम्बन्धी तालिमहरु सञ्चालन गर्ने र पशु नश्ल सुधारको निम्ति सहयोग पु¥याउने, पशुधन विमाको लागि प्रवद्र्धन र आवश्यक सहयोग गर्ने कार्य गर्दै  आएको छ । स्थानीय सिप, स्रोत साधनमा आधारित साना व्यवसाय सञ्चालन गर्न सहयोग पु¥याउने र स्थानीयस्तरमा बजार भएका गैरकृषि उत्पादन प्रवद्र्धनको लागि तालिम दिने र सहयोग पु¥याउने कार्यले उन्ीहरुको जिवन यापन सहज बनाउन मदत पुगेको देखिन्छ ।

त्यसैगरी कृषि मुख्य पेशा भएको स्थानमा सम्भव भएसम्म सिंचाई सुविधा पु¥याउन सहयोग गर्ने, औजार तथा विउबिजनमा सहायता गर्ने ,तत्काल आय आर्जन गर्न सकिने अवसरहरु प्रदान गर्न कामका लागि नगद कार्यक्रम पनि संचालन गरेको छ ।

नेपाल रेडक्रस सोसाईटीले आफनो गतिविध तथा भूमिकालाई अझ वढि श शक्त र वृहत रुपमा अघि बढाउनको लागि भुकम्पबाट क्षति भएका आफनै संरचनाको मर्मत तथा पुनःनिर्माण गरी सेवालाई प्रभावकारी बनाउन आवश्यक स्रोत तथा साधनको ब्यवस्था गर्ने कार्य पनि अघि बढाएको छ । संस्थामा कार्यरत स्वयंसेवक, सामाजिक परिचालक तथा कर्मचारीहरुका लागि विभिन्न तालिम सञ्चालन गरी संस्थाको क्षमता अभिवृद्धि गर्ने र विपद् प्रतिकार्यको लागि संस्थालाई सक्षम बनाउन सामुदायिक भवन निर्माण गर्ने कार्यहरु अघि बढाएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ