arrow

रैनादेवी छहराले गर्‍यो ३९ करोडको बजेट सार्वजनिक

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ भदौ १ बिहिबार
chahara_ranibari.jpg

पाल्पा ।   रैनादेवी छहरा गाउँपालिकाले ३९ करोडको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकामा ६ दिन सम्म स्थानीय जन प्रतिनिधीको छलफलबाट ३९ करोडका बजेट सार्वजनीक भएको हो । बजेटमा मुख्य गरेर मोटर बाटोमा बढी रकम बिनियोज भएको छ ।

 गाउँपालिकामा ४ करोड ७१ लाख मोटर बाटो तर्फ, १ करोड ६८ लाख खानेपानी,२ करोड ५७ लाख बिधुत,३७ लाख १५ हजार सिचाई , ८३ लाख २४ हजार लक्षित तर्फ, स्वास्थ्य मा ४४ लाख ८० हजार, शिक्षामा ५९ लाख ५ हजार, कृर्षि तथा पशुमा४७ लाख ३२ हजार,पर्यटनमा १० लाख, अन्य कोषहरुमा १ करोड ३५ लाख भवन तर्फ ६८ लाख ८० हजार, चालु तर्फ ३ करोड ३९ लाख,पञ्चवर्षिय गुरुयोजना निमार्णमा ३ लाख,न्यायीक समीती २ लाख बिनियोज गरेको छ ।

त्यस्तै  पत्रकारीता उत्पादन तथा क्षमता अभिबृद्धीको लागी ३ लाख , साार्वजनीक सुनाई ४ लाख, कोल्ड स्टार्स अध्यनमा २ लाख, हुलाक ब्यावस्थापन १ लाख,फोहर मैला ब्यावस्थापन ५ लाख बसपार्क निमार्णमा २ लाख सवारी खरिदमा ६७ लाख ५० हजार कार्यालय ब्यावस्थापन ५० लाख अन्यमा ५२ लाख गरेर करिव १९ करोड बढीको बिकास तर्फको बजेट छ भने सामाजिक सुरक्षा भत्ता तर्फ ५ करोड, केन्द्रीय अनुदान बाट १४ करोड ८४ लाख बढी रकम गरेर रैनादेवी छहराको ३९ करोड ५५ लाख ४२ हजार बजेट सार्वजनीक गरेको छ ।

 यो वर्ष मुख्य गरेर पश्चिमका तिन वडा जुठा बल्ढेङ र सत्यवतीमा बढी बजेट प्रयोग गर्ने सहमती गरेका छन भने करिव ३० लाख भन्दा बढी गाउँपालिका बाट आम्दानी गर्नै लक्ष्य राखेको गाउँपालिका प्रमुख राम बहादुर कार्कीले जानकारी गराउनु भयो १७५.८८ वर्ग किमि मा फैलिएको यो गाउँपालिका मा साविका ८ गाविस जुठा पौवा बल्ढेङ,सत्यवती,छहरा,मुझुङ,भुवनपोखरी,सोमादी,र सिद्धेश्वर समेटिएका छन जस्मा २६ हजार ४६९ जनसङख्या रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ