arrow

नगरपालिकालाई जग्गा प्राप्ति

logo
प्रकाशित २०७४ भदौ २ शुक्रबार
rampur_palpa.png

रामपुर । रामपुर नगरपालिका पाल्पालाई १९ रोपनी जग्गा प्राप्त भएको छ । 

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले रामपुर नगरपालिकाको नाममा भाडामा जग्गा प्राप्ति गर्ने निर्णय गरेपछि सो जग्गा प्राप्त भएको नगरपालिकाका कार्यकारी अधिकृत सुरथ पोखरेलले जानकारी दिए । 

साविक रामपुर गाविसको भवन क्षेत्र रहेको १९ रोपनी जग्गा नक्सामा उल्लेख भए पनि आफ्नो नाममा नहुँदा त्यहाँ नगरपालिकाले भवन निर्माण गर्न हुन सकेको थिएन । भवन निर्माणका लागि आएको बजेट फ्रिज हुँदै आएको थियो । 

आव २०७३-७४ मा जग्गा प्राप्तिको प्रक्रिया मन्त्रिपरिषद्मा पुगेपछि भवन निर्माण प्रक्रिया अगाडि बढेको कार्यकारी अधिकृत पोखरेलले बताए । मन्त्रिपरिषद्को निर्णयसँगै रामपुर नगरपालिकालाई प्राप्त भएको उक्त जग्गामा  पाँच करोड चार लाखको लागतमा भवन निर्माण प्रक्रिया अगाडी बढाएको जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ